CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उपेन्द्र यादवले राजनीति लाई व्यापारीकरण गर्दै : पुर्व मन्त्री सोनल

फेटा GP PSA
659
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

लोसपा नेपाल पचरौता द्वारा वडा न. ६ पकडियामा दशै, दीपावली तथा छठ पर्बको शुभ उपलक्षयमा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम गरिएको छ। कार्यक्रममा पार्टीका नगर अध्यक्ष बसीर मिया अंसारीको सभापतित्व तथा पुर्व मंत्री एवं पार्टीका प्रभावशाली नेता जितेन्द्र सोनलको प्रमुख आतिथ्यता एवं जिल्ला सभापति नवलकिशोर सिंहको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको  हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उपेन्द्र यादवले राजनीति लाई व्यापारीकरण गरि रहेको पुर्व मन्त्री सोनल कुलासा गरेका छन्। करोडौं रुपैयाँको चलखेलमा मेयरको टिकट तथा १० लाखमा वडा अध्यक्षको टिकट बिक्री गरिएको खुलासा गरेका छन्। गत चुनावमा मधेसी जनता संगै बस्न कसम खाएर बाचागरेका हालका जसपाका नकली मधेसी मसिहा भनाउने उपेन्द्र यादवले प्रदेश सरकार चलाउने तथा संबिधान संसोधन गराउने एवं अनेकन मुद्दाहरु लाई संबोधन गराउने लगायतका सबै मांगहरु लाई यथावत राख्दै सत्ताको लोलुप्तामा लिप्त भएर गैर मधेसी लाई समानुपातिक सांसद बनाउनुको साथै मधेस बिरोधि पार्टी संग प्रदेश सरकार समेत बनाएको पुर्व मंत्री सोनलले आरोप लगाए।

पुर्व मंत्री जीतेन्द्र सोनलले -राई र भाटरई मिली उपेन्द्र यादवको आडमा नकली मधेश बादको भूमिका निर्वाह गरी रहेको बाताउदै पचरौता बासी लाई सचेत हुनु पर्ने कुरा समेत बताउनु भयो पुर्व मंत्री सोनलले भने जसपाको मुल जड नै भ्रष्टाचार र विभिन्न बिकृतिको मुल जड रहेको पार्टीमा उस्तै व्यक्ति संलग्न रहेकोले हरेक ठाउमा त्यस्तै भ्रष्टाचार भएको तथा अन्य बिकृति एवं विसंगति रहेकोे खुलासा गरेका थिए।

Karaiya Mai Notice Winter

एक अर्को प्रसंग लाई जोड्दै सोनलले भने सरकारले भ्रष्टाचार गर्दा र संबंधित निकाय अख्तियरले खोजिगर्ने बेला आफु राम्रो कार्य गरेको भन्दै आन्दोलन गर्न लगाउने भनेको जसपाको जिनभनेको भ्रष्टाचार, बिकृति, बिसंगति, अराजकता आदिइत्यादी हो। त्यसकारण नगरमा भ्रष्टाचार हुनु कुनै ठुलो कुरा नरहेको अभिव्यक्ति दिएका थिए।

बारा जिल्लाको कान्छो पचरौता नगरपालिकाको वडा न. ६ पकडियामा कार्यक्रम गरिएको हो। कार्यक्रममा विभिन्न बक्ताहरुले बितेको दशहरा तथा दिपावली एवं छ्ठ पर्वको शुभकामना ब्यक्त गर्दै लोकतान्त्रिक समाजबादी पार्टीले मात्र समाजको हरेक दु:ख शुखमा रहने पार्टी हो। किनकी लोसपा नेपालले नै मधेसी आदिवासी जनजाति तथा पिछडिएका वर्गको अधिकारका लागि अग्रसरताका साथ रहेको अभिव्यक्ति दिएका थिए। अर्को कुरा एउटा कर्मचारी माथि कसैले ज्यादती गरि रहदा त्यहि सरकारले मुख्दर्शक बनिरदा अतिनै निन्दनीय कार्य भएकोले मुखदर्श बनेका सबै प्रशासन समेत लाइ कार्यवाही हुनुपर्ने मांग गरेका थिए।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १५६ जनालाई प्रमुख अतिथि तथा विशिस्ट अतिथि तथा अतिथि गणले, माला लगाई लोसपा नेपालमा प्रबेश गरेका थिए।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य श्याम गुप्ता, पिन्की यादव, बिशिस्ट अतिथि जिल्ला समन्वय समिति बाराको सभापती  नवलकिशोर सिंह, बार एसोसिएसनका के. उपाध्यक्ष नेता राम चन्द्र सिंह, श्याम पाण्डे, अधिवक्ता परमहंस केशरी, युवा नेता अरुण कुमार सिंह, मो. सरफुलाह अंसारी, जय प्रकाश गुप्ता, विनय कुमार सिंह, साचीतानंद साह रौनियार, मिश्री लाल सहनी, बिनोद प्रसाद यादव, परवानीपुर गापाका अध्यक्ष हरि नारायण साह, देवताल गाउँपालिका अध्यक्ष लोकप्रिय नेता चंदन सिंह, पचरौता न. पा. उप. प्रमुख श्रीमती इन्दु कुमारी यादव लगायतकाले संबोधन गरेका थिए। पकड़िया ईकाई अध्यक्ष इम्तियाज अंसारीले स्वागत मंतब्य राखेका थिए भने सभा कार्यक्रम संचालन पृथ्वी राज सहनीले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश