CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चार महिना पछी पोखरिया नगरपालिकाको पाँचौ नगरसभाको दोस्रो बैठक सम्पन्न

फेटा GP PSA
397
सिम्रौन्गढ़ नपा psa

सैलेस गुप्ता कार्तिक ८ पोखरिया ः–

पोखरिया नगरपालिकाको पाँचौ नगरसभाको दोस्रो बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभा हलमा आज भएको कार्यक्रमको उद्घाटन उक्त नगरपालिकाका मेयर दिपनारायण रौनियारले गरेका थिए ।
नगरसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘जनताहरु, जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगले चार वर्ष बिताएर पाँचौँ वर्षको अन्तिम बजेट राजनीतिक खिचातानी र विवाददका बावजुद पनि सबै समस्यालाई झेल्दै विकास निर्माणलगायत शिक्षा, स्वास्थ्य, कृषि , बालबालिका र पर्यटनको काम भएको छ ।’
पोखरिया नगरपालिकाको विकासमा समस्या भए पनी संघर्ष गरि नगरपालिकाका जनप्रतिनिधिहरु अगाडि बढेको पनि उनले बताए । साथै, उनले जनताहरु, जनप्रतिनिधि र कर्मचारीहरुबीच आगामी दिनमा समन्वय गरि अगाडि बढाउने बताए ।

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जनप्रतिनिधिहरुले गरेको विकास निर्माणलगायत कार्यहरुलाई जनताहरुले अवस्य मुल्यांकन गर्ने यस आर्थिक वर्षकोसमेत विकास निर्माणको काम ईमानदारीपुर्वक गरि जनताहरुमाझ पहिचान बनाउन उनले आग्रहसमेत गरे ।
। पोखरियाको नगरसभामा ५० करोड ६२ लाख १९ हजार २ सय ६७ रुपैयाँको बजेट उपमेयर सलमा खातुन ले प्रस्तुत गरेका थिए ।
आज भएको नगरसभामाबाट आन्तरिक स्रोत ९ करोड ३१ लाख, समानिकरण अनुदान ११ करोड ७५ लाख, ससर्त अनुदान १९ करोड८९ लाख, राजस्व बाँडफाँडबाट ७ करोड १७ लाख।प्रदेश सरकार बाटफसमानिकरण अनुदान ८० लाख ४४ हजार, सशर्त ८० लाख, विशेष अनुदान ३० लाख, समपुर्क २० लाख र राजस्व बाँडफाड ४० लाख ५२ हजार गरि ५० करोड ६२ लाख को बजेट प्रस्तुत गरिएको हो ।
नगरसभा कार्यक्रममा पहिलो प्राथमिकतामा रहेको बालिका स्वर्ण बिमा नेपालको पहिलो पोखरिया नगरपालिक ले लागू गरेकोमा आज पनि बालबालिकाहरुको लागि बिमाको निरन्तरता दिएका छन् । स्वास्थ्य, शिक्षा, कृषि, पशु, पर्यटन, भौतिक पुर्वधार विकासमा विशेष जोड नगरप्रमुख रौनियारले दिएका छन् ।
नगरसभा कार्यक्रममा नगर उपप्रमुख सलमा खातुन, नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत असोक कोईराला,
वाडाध्यक्ष बंका राउत कुर्मी, सुरेन्द्र यादव, अजय कुमार गुप्ता, लक्षमण साह कानु, उमाकान्त साह, शियानन्द चौहान, नन्दलाल पटेल, किशोरी साह, रामबाबु चौहान, सोनालाल साह गोढ, नगर कार्यपालिकाका सदस्य, नगर सदस्य अधिकृत बिजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, योजना प्रमुख संजय पाण्डे, आईटी औफिसर अरबिन्द दुवेदी, सन्दिप साह, राजु रौनियार, कर्मचारीहरु, पत्रकार, लगायतको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश