CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

फोहोरमैला नाला सरसफाईको समाचार संकलनमा गएका पत्रकारलाई दुर्व्यवहार

फोहोरमैला नाला सरसफाईको समाचार संकलनमा गएका पत्रकारलाई दुर्व्यवहार

फेटा GP PSA
954
सिम्रौन्गढ़ नपा psa

विराटनगर / विराटनगर महानगर पालिकाको ११ नम्बर वडामा पर्ने केसलिया रोडमा फोहोर मैला नाला सरसफाई सम्बन्धी विवाद भईरहेको समाचार संकलन गर्न पुगेका पत्रकारलाई वेष्ट म्यानेजमेन्ट ग्रुप नेपाल विराटनगरका प्रमुख देवी आचार्यले दुर्व्यवहार गरेका छन् ।

वेष्ट म्यानेजमेन्ट ग्रुपको बिराटनगर महानगर पालिका सँगको सम्झौता सकिन लागेको बेला बजारबाट फोहोर उठाए बापतको बाकी रकम नगरवासीहरुसंग उठाउने क्रममा विवाद भईरहेको सूचना पाएपछी समाचार संकलन गर्न पुगेका पत्रकार पवन शाह उपर वेष्ट म्यानेजमेन्ट विराटनगरको प्रमुख देवी आचार्यले आज बिहान सवा १२ बजेको समयमा शाहको मोवाईल खोस्दै दुर्व्यवहार गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आचार्य बिराटनगर ११ स्थित केसलिया रोडमा एकजनाको घरमा नालाको पानी पसेको गुनासो आएपछि नाला सफा गर्न त्यहाँ पुगेको बताए । स्थानियका अनुसार उठाउँदै नउठाएको फोहोरको पैसा संकलन गर्न अाचार्य नाला सफा गर्ने बहानामा पुगेको बताउँछन् । केसालिया रोडको सो ठाउँमा नाला नबनी पिच रोड बनेको हो । सो ठाउँमा भएको नाला धेरै वर्ष अगाडिको भएको र मर्मत सरसफाई नहुँदा त्यो पनि रोड बनाउँने क्रममा माटो र कचराहरुले पुरीसकेको स्थानीयहरु बताउँछन् । त्यसमा पनि केही ठाउँमा घरहरुबाट निस्किने पानी बग्न आफ्नै लगानीमा बनाएको नाला माथिको सल्यापहरु नाला सफा गर्ने निहुँमा हटाउन दिदैनौ भनी अाचार्य सँग स्थानीयहरुको विवाद भइरहेको थियो । पहिले भएको नालामा अझै सम्म सल्याप नलगाएको र भको सल्याप पनि हटाएर झन् झन् फोहोर र दुर्गन्ध बढ्ने तथा बालबालिकाहरु नालामा लड्ने जोखिम बढी रहेकोले स्थानीयहरुले विरोध गरेको थियो । सोही घटनाको सामाचार संकलन गर्न पुगेका पत्रकार शाहलाई आचार्यले समाचार संकलनकै क्रममा एकोहोरो समाचार संकलन गर्ने भनी दुर्व्यवहार गरेका हो ।

कुनै पनि समाचार प्रकाशन प्रशारण हुनुभन्दा अगाडीनै समाचार संकलनकै क्रममा एकोहोरो समाचार भयो भन्दै गरेको क्रियाकलापको पिडित पत्रकारले आचार्यलाई कार्वाहीको माग नेपाल पत्रकार महासंघ समक्ष गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश