CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोसपा नेपालको प्रशिक्षण कार्यक्रम कलैयामा सम्पन्न

फेटा GP PSA
437
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

लोसपा नेपाल प्रदेश २को बारा जिल्लामा पार्टी भित्रका आन्तरिक द्वन्दको गुनासो सुन्न तथा समाधानका साथै हाम्रो पार्टी कसरि अगाडी बढ्ने बारेमा प्रशिक्षण दिएको छ। बारा जिल्लाको सदरमुकाम कलैयाको एभरेष्ट लॉजमा गरिएको प्रशिक्षण कार्यक्रममा आएका गुनासाहरु प्रति गंभी ध्यानाकर्षण गर्दै लोकतान्त्रीक समाजवादी पार्टी नेपालकाका केन्द्रिय सदस्य एवं प्रमुख प्रशिक्षक गणेश प्रसाद साह एवं डा. कमारुल्लाह अंसारीले दिनदिनै उच्च मनोबलका साथ सबल हुदै गएको आफ्नो धार्णा राख्ने क्रममा बताएका थिए। मधेशी जनताको भावना संग खेलवाड गरि नेपाल सरकारले कसरी शोषण गरीरहेको बारेमा चर्चा गरेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

डा. अंसारीले गुनासो हरु लाई सौहार्दपूर्ण रुपले सबैको जवाफमा भने हाम्रो संगठनमा कुनै धार नरहेको र लक्ष्य एउटा रहेकोले हामि आफ्नो हिसाबले कार्य गरेको, राज खोल्दै सबैको गुनासो सुन्न र सबैको मन बीचमा रहेको कुरा लाई पर्दाफास गर्ने उदेश्यले नै प्रशिक्षण कार्यक्रमको आयोजना गरेको बताए। प्रशिक्षणको कमिका कारण तपाईहरुको गुनासो रहेको बताए। कार्यक्रममा लोसपा नेपालले आफ्ना कार्यकर्तालाई उच्च मनोबल राख्न र पार्टिको हक हितमा अगाडि बढन अभिप्रेरित गरिएको थियो।

सन्तोष पटेलको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा ओम प्रकाश चौधरी, किशोरी साह, राजेश यादव , बिनोद यादव , अनिल साह, लगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालकन जिल्ला सचिव प्रमान्न्द मुखियाले गर्नु भएको थियो। प्रशिक्षण कार्यक्रममा जिल्ला भरिका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश