CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनप्रतिनिधि नगर प्रमुख बाट पिडित भएर गरे पत्रकार सम्मेलन

फेटा GP PSA
610
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा। 

बारा जिल्लाको विश्व प्रशिद्ध स्थल रहेको महागढ़ीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रशाद यादव बाट सोहि नगरपालिकाका वडा न. १० का अध्यक्ष चन्दन कुमार साह पिडित भएर पत्रकार सम्मेलन गरेका छन्। नगरप्रमुख यादवले अरु वडा भन्दा साहको वडामा सेवासुविधा प्रदान नगरेको भन्दै सर्व साधारणले अध्यक्ष साह संग गुनासो गर्दा साहले नगरप्रमुख लाई आफ्नो नगरका आमजनता लाई सम्झाउन बुझाउन वडा भेला बाट निर्णय गरि कार्यवाहक अध्यक्ष नुरहसन मिया अंसारी लाई पठाउदा नगरप्रमुख यादवले कार्यवाहक अध्यक्ष अंसारी लाई अपमानित गर्दै कोठामा थुन्ने धम्की दिएर पठाएको प्रति अध्यक्ष आज प्रत्रकार सम्मेलन गरेका छन् । वडामा कुनै कार्य सफल हुन् नदिन कुनै कसर बाकि नराखेको अध्यक्ष साहले आरोप लगाए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नगरप्रमुख यादव गैर कानुनी रूपले एकलौटी नगरकार्यपालीका संचालन गरेको वडाअध्यक्ष साहको आरोप रहेको छ। आफ्नो मनपरी गैस चुलहा बाडेको अध्यक्ष साहको आरोप रहेको छ। विकासको रकम संसदिय कोषको होस् वा जहाको पनि आफ्नो मनपरी चलाएको समेत आरोप रहेको छ। कार्यपालीकाको बैठकमा जादा वडाको हितमा नरहेको देखेर हस्ताक्षर नगरेको बारे नगर प्रमुख यादवले वडावासी लाई गलत प्रचार गरि अध्यक्ष साह लाई नै आरोप लगाउने गरेको साहले बताए। एक अर्को प्रशंग पनि रहेको अध्यक्ष साहले बताए।  नगरप्रमुख यादव नेपालि कांग्रेसका प्रतिनिधि रहेको हुनाले मधेसी दलका व्यक्ति लाई हेपेर सामन्तवादी पार्टीको पनि परिचय समेत दिएको साहको बुझाइ रहेको भने पत्रकार सम्मेलनमा आफ्नो धारणा राखेका थिए।

उक्त वडाका नगरवासी दिपक प्रशाद कुशवहा, भोलि महतो कोइरी, बिनोद कुमार पंडित, बाबुलाल प्रशाद कुशवहा, छोटेलाल साह, लगायतकाले आफ्नो गुनासो क्रमबद्ध रुपमा राखेका थिए। उक्त वडामा सबै भन्दा कृषकहरु मारमा रहेको र स्वास्थ्य, शिक्षा, यातायात लगायतमा कुनै चासो नदिएर सर्व साधारण लाई अझै गुलामीको जन्जिरमा बाधेर राख्ने सोचले ग्रसित भएर सामन्ती पार्टीको परिचय दिइरहेको सर्वसधारनको बुझाई रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश