CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

राजेश राय यादब लाई रामानन्दको गुट बाट समर्थन, काग्रेस बाराको सभापतिमा जीत पक्का

फेटा GP PSA
295
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव नेपाली कांग्रेस बाराको जिल्ला सभापतिमा निर्वाचित हुने सम्भावना बढेको छ । कलैयास्थित करणराज पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रत्यासी रामानन्द यादबले मेयर राजेश राय यादब लाई समर्थन गर्ने घोषणा गरेका छन्। आफुले पाएको मत र समुहका नेता कार्यकर्ता, शुभचिन्तक र शुभेच्छुक लाई सहयोग गर्ने विषयमा व्यापक छलफल पछि मेयर यादब लाई समर्थन गर्ने निर्णय भएको बताए।

पत्रकार सम्मेलनमा राजेश राय यादबले समर्थन गरेको भन्दै रमानन्द यादबलाई धन्यवाद दिएका छन्। उनले सबैको साथ सहयोग लिएर अघि बढ्ने प्रतिवद्धता संगै पार्टीलाई थप बलियो बनाउने प्रतिवद्धता जनाए । बुधबार भएको मतदानमा आवश्यक ५१ प्रतिशत मत तीनै जना उम्मेदवार मध्ये कसैले कटाउन नसक्दा मतदान दोस्रो चरणमा धकलिएको थियो । फागुन २८ गते शनिबार पुनः दोस्रो चरणको मतदान बिहान १० बजेदेखि ३ चन्द्र माध्यमिक विद्यालयमा तोकिएको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतील जानकारी दिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

१४औ अधिवेशनमा पहिलो चरणको निर्वाचनमा ८ सय तेतीस मत सहित पहिलो भएका थिए भने ७ सय आठ मत प्राप्त गरि रामानन्द यादव तेस्रो भएका थिए। दोस्रो चरणमा राजेश राय यादब र शम्भु बहादुर बुढाथोकीको बीचमा प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा कलैया उपमहानगरपालिकाका मेयर यादवले बुढाथोकी भन्दा २४ मत बढी ल्याएका थिए ।

पत्रकार सम्मेलनमा पार्टीका सहमहामन्त्री एवं खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरी, पार्टीका प्रदेश संयोजक रमेश रिजाल समेतको उपस्थिति रहेको थियो । पेमा सिदि लामा, निजगढका मेयर सुरेश खनाल, कोल्हबिका नगर सभापति राम प्रसाद चौधरी, बारागढिका अध्यक्ष देवदत वछाड, नेता किशोरी यादव, पूर्व ग़ाविस अध्यक्ष राम अवध यादव लगाएतका प्यानलले मेयर यादवलाई जिताउन सहमती गरेका छन्।

Baiju sah