CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

पत्रकार र इन्सपेक्टर सम्मानित

फेटा GP PSA
2,436
सिम्रौन्गढ़ नपा psa

विराटनगर । यूवा जागरण संघ नेपालले विराटनगर महानगर पालिका वडा नं. १४ जतुवामा रहेको राम जानकी मन्दिरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी चार जना पत्रकार र एक जना इन्सपेक्टरलाई दोसल्ला ओढाई प्रमाणपत्रवाट सम्मनित गरेको छ ।
उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथी संघिय सांसद शिवकुमार मण्डलले भने समाजमा उच्चकाम गर्नेलाई सम्मान गर्न पाउंदा खुशी व्यक्त गर्दै यूवा जागरण संघले समाजमा गरेको उदारणीय कामको प्रसंशा गर्दै अगामी दिनमा कुन तहवाट के कस्ता सहयोग गर्न सकिन्छ त्यसमा छलफल गरी सहयोग गर्न तयार रहेको वताए ।
त्यसैगरी प्रदेश सांसद जयराम यादवले यूवा जागरण नेपाल पत्ररकार र प्रहरी निरीक्षकलाई सम्मान गरेकोमा सम्मानित हुने सवैलाई बधाई तथा शुभकामना दिदै युवा जागरण संघ नेपाल जुतुवामा मात्र सिमित नभएर पुरै महानगर र पुरै जिल्लामा सेवाको भावना लिएर समाजिक काम गर्ने विश्वास व्यक्ति गर्दै त्यसमा आफ्नो तर्फवाट पूर्ण सहयोग रहने वताए ।
सो अवसरमा विराटनगर महानगर पालिकामा रहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्र वहादुर राणालाई दोसल्ला ओढाई प्रमाण पत्र सहित सम्मानित गरेका थिए भने पत्रकारहरुमा मकालु टेलिभिजनका नविन कर्ण, न्यूसृष्टी दैनिकका व्रहमदेव यादव, उद्घोषका जितेन्द्र नारायण ठाकुर र जनहित साप्तिाहिक पत्रिकाका कार्यकारी सम्पादक सत्यनारायण शर्मालाई दोसल्ला र सम्मान पत्रवाट सम्मानि गरेका थिए ।
सो सम्मान कार्यक्रमा विराटनगर महानगर पालिकाका वडा नं. १४ का वडा अध्यक्ष वलदेव यादव, शिक्षक, नागरिक समाज, बुद्धिजीवी, महिलाहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । उक्त कार्यक्रम यूवा जागरण संघ नेपालका अध्यक्ष भोला यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Baiju sah