CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनता प्रगतिशील पार्टीको सदस्यताको क्रेज वार्ड समिति गठनमा तिब्रता

फेटा GP PSA
372
सिम्रौन्गढ़ नपा psa

अजय मिश्र, कपिलवस्तु, कृष्णनगर।

कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ९ मा जनता प्रगतिशील पार्टी नेपालको राम टहल मुराउको अध्यक्षतामा २१ सदस्यि वडा कमिटी गठन गरिएको छ l जनता प्रगतिशील पार्टीका केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खां तथा केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र)को प्रमुख अतिथ्यमा कमिटी गठन गरिएको छ l कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खानले हाम्रो परिवारले जनताका लागि दिएको बलिदान सबैमा अवगत नै रहेको बताउदै जनता प्रगतिशील पार्टी सबैको साझा पार्टी भएकाले सबैलाई पार्टीमा आउन आह्वान गर्दै अबको लडाई किसानको हक अधिकारका लागि सबै मिलेर लड्नु पर्ने बताए l

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उहाले जिल्लामा सबैभन्दा उत्म पार्टी सावित हुने र किसानको हितमाकाम गर्ने भएकाले एक दिन सबै पार्टी आफ्नो प्रमुख मुद्दा किसानको समस्या लाई जोड्ने बताए l कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्रले किसानको हक अधिकारका लागि लड्ने एक मात्र पार्टी यही रहेको, हामी मिलेर चकलाबंदी, उत्पादन गरेको अन्नको मूल्य, समयमा मलको सहजता लगायत किसानको सम्पूर्ण हक अधिकारका लागि आफूहरू यहि पार्टी मार्फत जाने जनता हरूको अधिकारका लागि आफू सधै लडिरहेको र क्षेत्रमा विकास मेरो पहलमा कति भयो जनता माझ अवगत नै छ l

Karaiya Mai Notice Winter

अबको स्थानीय चुनावमा महाराजगंज नगरपालिका बाट जनता प्रगतिशील पार्टीले आफ्नो उम्मेदवार वडा सदस्य देखि मेयर पद सम्म उठाउने बताउनुभयो l शिवराज नगरपालिकाका जनता प्रगतिशील पार्टी नेपालका नेता राम निवास यादव, लगायतले कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीको किन उदय भयो, यो पार्टीको आवस्यकता किन छ, पार्टीले जनता प्रति उतरदायी भई काम गर्ने लगायत किसानको हक अधिकारका लागि पार्टीले काम गर्ने भएकाले किसानहरु पार्टीमा धेरै सहभागी हुदै गएको , पार्टीका केन्द्रीय महासचिव पूर्व मंत्री ईश्वर दयाल मिश्रले कुनै नेताले गर्न नसकेको विकास यस क्षेत्रका लागि गरेको जनतामाझ अवगत नै छ उहाँ हारे पनि जिते पनि जनताको साथ सदैव रहेको बताए l

पार्टी दर्ता भए पछि पार्टी लोकप्रियता पाउदै गएको साथै पछिल्लो समयमा जनता प्रगतिशील पार्टी नेपालमा जनताहरू पार्टीको सदस्य हुने होडबाजी चलिरहेको स्थानीयहरू बताएका छन् l कम समयमा जनता प्रगतिशील पार्टी नेपाल लोकप्रिय बन्दै गएको वडा, पालिका, जिल्ला स्तरको कमिटी विस्तार गर्दै जाने र जनता प्रगतिशील पार्टी नेपाल लाई उचाई सम्म पुर्याउने पार्टीका केन्द्रीय महासचिव मिश्रले बताउनु भयोl

जसपा कोयुवा संघका जिल्ला अध्यक्ष तथा महाराजगंज नगरपालिका अध्यक्ष पद परित्याग गरि हालै जनता प्रगतिशील पार्टीमा प्रवेश गरेका युवा नेता मोहम्मद हईले कार्यक्रममा बोल्दै यही पार्टी किसान, मजदूर, गरिब, सोषित तथा पिडित हरूको रहेको र नेपालमा सबैभन्दा भिन्न पार्टी रहेको बताए। कुनै पनि पार्टीको मातृ शक्ति किसान न रहेको, मात्र जनता प्रगतिशील पार्टीको रहेको छ, यसकारण यो पार्टी किसानको लागि कोसे ढुंगा साबित हुने बताउनु भयो l कार्यक्रममा पूर्व गाविस अपाध्यक्ष धनीराम मोर्या, समाजसेवी गोबर्धन मौर्या, छोटेलाल यादव, राम रूप विश्वकर्मा लगायत बहुसंख्यक उपस्थित रहेको थियो l

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश