CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भोलि आठ बजे बाट मतगणना सुरु, प्रजिअको रोहबरमा अधिकृत तथा उमेदवारहरु बीच सहमति

फेटा GP PSA
386
सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम।

निर्वाचन समितिले मनोमानी ढंगले सुस्त गतिमा मतगणना गरिरहेको पण्डितले आरोप लगाए। निर्वाचन समितिले शनिबार देखि मतगणना सुरु गरेको तर आज सम्म पनि मतगणनाको नतिजा सार्वजनिक गर्न ढिला गरिरहेको भन्दै नेपाल इन्जिनियर्स एसोसिएसनको जनकपुरधाममा जारी मतगणनामा धाँधली भईरहेको आरोप लगाइएको छ। ३३ औँ कार्यकारिणी तथा दोस्रो प्रादेशिक कार्यसमितिको नयाँ नेतृत्वका लागि शुक्रबार सम्पन्न निर्वाचनको मतगणना जनकपुरधाम स्थित अधिकृत संगमको सभाहलमा शनिबार रातिदेखि जारी रहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कछुवाको गतिमा मतगणना एकदम सुस्त तरिकाले भईरहेको र आफूहरुले लिड गरिरहेकोले मतदान अधिकृत इन्दल यादव कांग्रेसको म्समर्थक भएकोले गणनामा झेली गरेको ननपोलिटिकल प्यानल बाट सभापतिका उम्मेदवार गौरी पण्डितले आरोप लगाए। रत्नेश यादवको सेतिंगमा मतगणना अधिकृत इन्दल यादवले मत पत्र मतगणना सुस्त गतिमा मनोमानी तरिकाले भईरहेकोले यसमा आफूहरुको आपत्ति रहेको बताए। बाकसबाट निकालिसकेको मत गन्ती गरेर मात्र अन्य प्रक्रिया अगाडि बढाउन उनले माग गरे। उनले बाहिर राखिएका मत परिवर्तन पनि हुनसक्ने आफूहरुको आशंका रहेको बताए ।

Karaiya Mai Notice Winter

शुक्रबार राति ११ बजेदेखि मतगणना सुरु भई ६ सय मत गन्दा आफ्नो समुह अधिकांश पदमा एकसय मतले अग्रस्थानमा रहेकाले ढिलासुस्ती ढंगले मतगणना गर्ने गरेको, प्रतिनिधिलाई जतिबेला पनि बाहिर निकाल्ने गरेकोलगायतका आरोप लगाउँदै उनले भने, मतपेटिका खोलिसके पछि मतगणना लाई तिव्रता नदिएको तथा प्रतिनिधि लाई जुनसुकै बेला बाहिर निकाल्दिने गरेकाले मतगणनामा धाँधली भईरहेको बताए। मधेस प्रदेश समितिमा कुल २ हजार १९९ मतदाता मध्ये शुक्रबार १ हजार ८ जनाले मतदान गरेका थिए।

त्यस्तै, वीरगञ्ज स्थित बुथमा ३२० जनाले मतदान गरेका थिए। वीरगञ्ज च्याप्टरमा कुल ५७० मतदाता छन्। हालको समयमा ६ सय ७ वटा मत मात्र गणना गर्न सकेका छन्। यता मतदान अधिकृत रामरतन यादवले यस आरोपबारे भने केही बोल्न चाहेनन्। चुनावमा कांग्रेसको एक्लै, माओवादी, जसपा र एसमाज वादीको पनि बेग्ला बेग्लै प्यानल बनाइएको छ। त्यसै गरि ननपोलिटिकल प्यानल गरि कुल पाँच समुह चुनावी मैदानमा छन्।

यता मतगणनामा ढिलाई हुनुको मुख्य कारण एउटा शिक्षित र बुद्धिजीवी वर्गको मतगणनामा यस्तो होहल्लाले मात्र मत गिन्ती गर्न ढिलाई भएको जसका लागि आज प्रमुख जिल्ला अधिकारि र पाच जना उमेद्वार तथा मतगणना अधिकृत यादव मिलि मतगणना हाल भित्र मोबाइल, तथा अनावस्यक कुराहरु अर्थात अभद्र व्यवहारका कुरा हरु एवं मदिरा सेवन गरेका व्यक्तिले प्रवेश नगर्ने सहमति भएको मतगणना अधिकृत यादवले सी आइ एन नेपाल संग कुरा गर्दै बताए। यादवले मतगणना बारेमा जेजति वहाहरुको आरोप हुन्छ, त्यो सबैको जवाफ हामीसंग छ, हामि कुनै प्रकारको मतगणनामा अनियमितता नगरेको र म कुनै पार्टीको समर्थक नरहेको भन्दै सबै निराधारहरुको बारेमा खण्डन गरेका हुन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश