CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

पचारौताको बेनौलीमा लोसपाको वडा इकाई कमिटि गठन

Pheta Chhath Shubhakamana
321
Bara Gadhi Notice winter

कलैया, बारा।

पचारौताको बेनौलीमा लोसपाको वडा इकाई कमिटि गठन गरिएको हो। बारा जिल्लाको कान्छो नगरपालिका पचारौता बेनौलीमा २६ सदसीय इकाई कमिटि गठन भएको छ। सोनालाल साह तेलीको अध्यक्षता तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीको प्रमुख आतिथ्यता एवं मेयरका उमेदवार श्याम गुप्ताको विशिष्ट आतिथ्यतामा इकाई कमिटि गठन गरिएको हो।

डा. अंसारीले आफ्नो धारणा राख्ने बेलामा, “लोसपा नेपाल” नेपाल जसरि विभिन्न जात जातिका तथा भासा भुषाका साझा फुलवारी भए झैँ साझा फुलवारी भएको पार्टी रहेकोले हामि सबै वर्ग लाई समेटेर सबैको दु:ख शुखमा सहभागी भएर सहयोग गर्ने भावना रहेको हुन्छ। यहि नै हाम्रो पार्टीको मुख्य उदेश्य रहेको बताए। सोहि अनुसार हामि मधेसी, आदिवासी, जनजाति, पिछडा वर्ग, मुस्लिम लगायत उत्पीडनमा परेकालाई सहयोग समर्थन गरि मानव जातिको उदेश्य पुरा गर्ने अवधारणा बोकेको पार्टी रहेको डा. अंसारीले बताए। चाहे त्यो पहाड, तराई वा हिमाल जुन सुकै समुदायका किन नहोस सबैको अभिभारा बोके पार्टी रहेको डा. अंसारीले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

आफु समस्यामा परेको बेला अरुको खट्टा समात्ने र आफ्नो स्वार्थ सिद्ध भए पश्चात उसलाई खाल्डोमा पार्ने जस्ता कार्य गर्ने व्यक्ति कहिले पनि हाम्रो हितमा कार्य गर्न नसक्ने भन्दै जसपाका उपेन्द्र यादव माथि कटाक्ष गर्दै अंसारीले आफ्नो धारणा राखेका थिए। यादवले १८ महिना सरकारमा बसे पनि हाम्रो मुद्दा बारे केहि बोल्न नचाहेको र सन्त महन्त जस्तो नेता महन्त ठाकुरले १८ दिनमा विभिन्न मुद्दा बारेमा सरकार संग सम्बोधन गराउन लागेका कुराहरु देखेर उप-प्रधान मंत्री यादवको आखामा कसिंगर बन्न पुगेकोले हाम्रो सरकार ढाल्न, हामि संग सत्रु झैँ व्यवहार गर्ने नेपालि कांग्रेस, माओवादी एमाले संग साठघाट गरेका छन्। त्यति मात्र नभएर प्रदेश सरकारमा पनि उनीहरु संग नै सरकार बनाएको डा.अंसारीले बताए। लोसपा नेपाल नेपालको ७५३ स्थानीय निकायमा चुनाव लडाउन नेता कार्यकर्ताहरु लाई हार्दिक अपिल गर्नु भएको छ । यहाँ पनि सबै तहका नेताहरु जित्ने प्रबल सम्भावना रहेको र बेनौली साईकल मै हुदै जितको शुनिस्चता भएको देखिएको छ।

लोसपाका युवा एवं जुझारु नेता बिनोद यादवले पचरौता नगर प्रमुख रमेश यादव माथि कटाक्ष गर्दै भने, जसपा कै नेता लाई हेर्नु आफ्नै नगरमा उप मेयर न्याययिक समितिको अध्यक्ष भए पनि केहि गर्न नदिएको आरोप लगाए। हालको राजनीतिक यस पचारौतामा आफ्नो निजि स्वार्थमा मात्र गरेको समेत आरोप लगाए। अहिले मेयरको अवधि समाप्त नभए ता पनि आफ्नो पद लाई छोडेर चुनावी मैदानमा उत्रेको गम्भीर आरोप लगाएका थिए। हालको अवस्थामा मेयर यादवले नगर वासीको मत लाई लत्याउदै अवधि भए पनि जनताको कार्य लाई यथावत राखी घरदैलोमा व्यस्त रहेकोले त्यस्ता जनप्रतिनिधि बाट सचेत भएर अगाडी बढ्न सर्व साधारण लाई आग्रह गरेका थिए।

उपाध्यक्ष एकल मुखिया बिन, ज्ञानचन मुखिया बिन, सचिव सियाराम मुखिया बिन, स.सचिव राजेश सहनी, दिनेश कुमार सह, सदस्य अरुण सहनी लगायत २६ सदसीय वडा इकाई कमिटि गठन गरिएको हो। त्यसै गरि युवा कमिटि पनि गठन गरिएको हो। कार्यक्रम संचालन सबिन्द्र सहनीले गरेका थिए ।

 

Baiju sah