

नेपालगञ्ज ।
पूर्व उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीको भावनाको एकीकरण हुन जरुरी रहेको बताउनु भएको छ । संविधानले अझै पनि सबैलाई समेट्न नसकेको जिकिर गर्दै फेरि संशोधन गरी सबैको भावना समेट्नु पर्नेमा उहाँले जोड दिनु भयो । लोकतान्त्रिक समाजबादी पार्टी नेपालका बरिष्ठ नेता समेत रहेका महतोले देश बनाउन जमिन र जनता लाई मात्र नजोडेर आवश्यकता लाई पनि जोड्नुपर्ने बताउनु भयो ।

शनिवार बाँकेको डुडुवा गाउँपालिका ४ शाहपुर्वामा निर्माण सम्पन्न शिव र हनुमान मन्दिर उदघाटन समारोह लाई सम्बोधन गर्दै महतोले समानताका लागि सबैको बराबरको सिद्धान्त कार्यान्वयन हुनुपर्ने बताउनु भयो । शासन सत्ता भन्दा पनि मानसिकता सुधार गर्नुपर्ने उहाँले सुझाव दिनु भयो । संविधानले सबैको अधिकार समेट्न नसकेको उहाँले टिप्पणी गर्नु भयो । नेपालगन्जमा पार्टीको प्रशिक्षण कार्यक्रममा नेता महतो मन्दिर उदघाटन कार्यक्रममा पनि सहभागी हुनु भयो । २०३३ सालमा डुडुवामा रहेको यस मन्दिरको हालसम्म व्यवस्थापन समिति निर्माण हुन सकेको थिए ।

मन्दिरको नियमित संचालन र व्यवस्थापनका लागि स्थानीय मिलेर संरक्षण तथा संवद्र्धन समिति बनाएका छन् । उक्त समितिको नेतृत्वमा शनिबार उक्त मन्दिरको उद्घाटन गरिएको हो । मन्दिरको संचालन व्यवस्थापनका लागि मेघराज बिश्वकर्माको अध्यक्षमा समिति बनाइएको छ । त्यस्तै बिधिवतरुपमा संचालन कार्यका लागि स्थानीय मोहम्मद रसुल शाहले उल्लेख्य योगदान पुर्याउनु भएको छ । मन्दिरको नाममा ९० कठ्ठा जमिन रहेको छ ।
