CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराको बहुवरीमा ६० जना विधार्थीहरु लाई ६ जना शिक्षकहरु अध्यापन गराउदै

फेटा GP PSA
640
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको बहुवरीमा ६० जना विधार्थीहरु लाई ६ जना शिक्षकहरु अध्यापन गराइरहेका छन्। परवानिपुर गाउँपालिका वडा नम्बर ५ बहुअरीमा नेपाल राष्ट्रिय अधारभुत बिधालयमा ६० जाना नियमित विधार्थीहरु अध्यापन गरि रहेका छन्। उक्त विधालयमा शिक्षकहरु बाल विकासको १, दरवन्दीमा ४, राहतमा १ र एक जना कार्यालय सहयोगी कार्यरत रहेका छन्। जस मध्ये एकजना रिटायर भएर पद रिक्त रहेको प्रधानाध्यापक धुरेंद्र प्रशादाले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

संघिय लोकतान्त्रिक गणतन्त्र अभ्यासरत रहेको अवस्थामा नेपाल सरकारको अवधारणा अनुसार शिक्षा र स्वास्थ्यमा अग्रणी भूमिका निर्वाह गरेको प्रचार गर्ने गरेका छन्। तर त्यो कुराको बारेमा सम्बन्धित ठाउँ सम्म पुग्दा त्यसको ठिक उल्टो प्रतिक्रिया पाउने गरेको देखिन्छ। सरकारले शिक्षा र स्वास्थ्य लगायत धेरै अधिकार स्थानीय सरकार लाई दिए ता पनि स्थानीय निकायमा निजि स्वार्थका साथै आफ्नो गोजीको विकासमा मात्र लिप्त रहेकोले पहिलाको शिक्षा र स्वास्थ्य लगायतका अवस्था पहिला भन्दा पनि हालको अवस्थामा नाजुक हुन् पुगेको सर्वसाधारण तथा जानकारहरुको भनाइ तथा बुझाइ रहेको छ।

Karaiya Mai Notice Winter

ठिक त्यस्तै यस विधालयको पनि अवस्था हुन्प पुगेको सर्वसाधारण तथा स्वयम् शिक्षकहरुको पनि गुनासो रहेको छ। उक्त विधालयमा एउटै कक्षा कोठामा पाच कक्षा सम्म शिक्षक शिकक्षिकाहरुले विगत एक वर्ष देखि अध्यापन गराउन बाध्य रहेको प्र.अ. प्रशादाले बताए। विधालयका प्र. अ. अनुसार ६० जना विधार्थी नियमित र हाजरी रजिस्टर अनुसार बालाविकासमा २२ जना, कक्षा १ मा २०, कक्षा २ मा १९, कक्षा ३ मा ३३, कक्षा ४ मा १४ र कक्षा ५ मा १० जना गरि ११८ जना विधार्थीहरु रहेका छन्। तर वास्तविक ३०-३५ जना मात्र विधार्थीहरु रहेका थिए । विधालय भवन पुनर्निर्माण गर्न लाइ भत्काए तापनि राजनीतिक तथा निजि स्वार्थ परिपूर्ति नभएकोले भवन निर्माण कार्य अधुरो रहेको स्वयम् वडा अध्यक्ष रामेश्वर साह कलवारले बताए। यस बारेमा सर्वसाधारण संग बुझ्दा वडा अध्यक्षले आफ्नो निजि स्वार्थको परिपूर्ति नभएकोले बनाउन ढिलाई गरेको आरोप लगाउने गरेका छन् । विधालय तथा शिक्षा सम्बन्धि चासो कसैको नरहेको प्र.अ. प्रशादले बताए।

बिधालयकै नाममा जग्गा सम्पत्ति रहे पनि स्थानीय जनप्रतिनिधिले नियम संबंधित कानुनी प्रक्रिया अगाडि न बढाएकाले राजनीति गत हाबी हुन गएको शिक्षा प्रेमीहरुको बुझाइ रहेको छ। २०४३ सालकै झगडा भएकोले हामी सफल हुन नसकेको वडा अध्यक्ष कलवारले बताएका छन्। भौतिक संरचनाको बिबादले गर्दा यो आर्थिक बर्षको पठनपाठन जोखिम अवस्थामा गरि रहेको प्र.अ. प्रशादले जानकारी गराए। विधालयको समिप नै गाउभरिको फोहर फाल्ने गरेको तर वडा अध्यक्षले त्यो फोहर बारे पनि केहि गर्न नसकेकोले सर्व साधारणले निकैनै निन्दा गर्न थालेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश