CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मौलाना मसहूद र अल्कुफी द्वारा रमजानको शुभकामना व्यक्त

फेटा GP PSA
400
सिम्रौन्गढ़ नपा psa

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु। 

देशभरिका इस्लाम धर्मावलम्बीहरू रमजान पर्वको अवसरमा एक महिना रोजा (व्रत) बस्छन् । रोजा बस्दा दिनमा कुनै पनि खाद्यपदार्थ सेवन गर्न नपाइने मान्यता छ। रमजान इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व हो । रमजानमा खासगरी नाबालकबाहेक मुस्लिम समुदायका सबै स्वस्थ महिला-पुरुष एक महिने रोजा बस्छन्, जसले गर्दा यो पर्वलाई धार्मिक उत्सवका रूपमा मनाउने गरिन्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मुस्लिम समुदायको रमजान पर्व देशभरि आजदेखि सुरु भएको छ । हिजो साँझको चन्द्रमा हेरेपछि विधिवत रूपमा रमजान सुरु भएको हो। चन्द्रमा हेरेर सुरु हुने यो पर्व एक महिना पछि फेरि चन्द्रमा हेरेर नै समापन हुन्छ। मंगलबार रातिदेखि सूर्योदय भन्दा पहिला सेहरी (रातिमा खाना) खाएर इस्लाम धर्मावलम्बीले यो पर्वको सुरुवात गरेका छन्।

इस्लाम धर्मावलंबीहरूको पवित्र महिनाको रूपमा रमजान भोली बाट सुरू हुने भएकाले पावन अवसरमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मसहूद खां नेपाली र राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अबदुल गनि अल्कुफी तथा उपाध्यक्ष शैख जैस मक्कीले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा रमजानको शुभकामना व्यक्त गरेका छन। 

उक्त अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गरेका छन्। साथै मौलाना मशहूद खां नेपालीले इस्लाम धर्मावलम्बीहरु रमजान महिनामा दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज आदा गर्ने गरेको बताए l

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश