CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारा कांग्रेसको नया नेतृत्वले आउदो चुनावमा पहिला भन्दा दोबर सिट हासिल गर्ने : रौनियार

फेटा GP PSA
728
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नेपाली कांग्रेसको १४ महाधिवेशन बारा जिल्लामा पुरा भए संगै निर्वाचित प्रतिनिधिहरुले सबै गुटको गुटगत कुराहरु लाई छोडेर एक ढिक्का भएर अगाडी बढ्ने मात्र जनाएका छन्। बारा जिल्लाको सबै भन्दा कान्छो पचरौता नगरपालिका वडा न.७ बेनौली निवासी डा. रामबाबु साह रौनियारका जेठो सन्तान २०३९-११-०७मा राजेश रौनियारको जन्म भएको हो। उनका कान्छो भाइ रुपेश रौनियार रहेका छन्। रौनियारले निकै लामो समय देखी संघर्ष गर्दै नेपालि कांग्रेसमा धेरै परिवर्तन ल्याएको बताएका छन्। रौनियारले कक्षा ९ (नौ)मा अध्ययन गरिरहेको २०५४ सालमा नेपाल विधार्थी संघमा सदस्यता लिएका थिए। तत् पश्चात क्षेत्रीय प्रतिनिधि भई २०५७ सालमा नेवि संघको जिल्ला सदस्यमा निर्वाचित भएर २०५८ सालमा संघको जिल्ला सह सचिवमा निर्वाचित भएका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

त्यस पछी २०६०मा नेवि संघको उपाध्यक्षमा निर्वाचित भएका थिए। त्यसको लगतै २०६२-६३को जन-आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै २०६७मा पार्टीको सक्रिय सदस्य भएका थिए। १३औ महाधिवेशनमा पार्टीको जिल्ला सदस्यमा निर्वाचित भएर २०७२मा महा-संघ प्रतिनिधि भएर २०७३मा नेवि संघको सह-महामन्त्रीमा न्रिवाचित हुनुको साथै यस २०७८को १४औ महाधिवेशनमा जिल्ला सचिवमा निर्वाचित भएका छन्। निर्वाचित भएको शुखद उपलक्षमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजाना गरि आफु निर्वाचित नभएर नेपाली कांग्रेसका सबै सहयोग र समर्थन गरेका सहयोगीहरु निर्वाचित भएको रौनियारले बताए।

निर्वाचित भए संगै रौनियारले आउदो स्थानीय निकायको चुनावमा गत निर्वाचनको नतिजा भन्दा दोबर सिट हासिल गर्ने दाबी गरेका छन्। पार्टी भित्र यस अधिवेशन उप्रान्त कुनै गुट उप-गुट नरही सबै मात्र नेपाली कांग्रेस रहेको विश्वास व्यक्त गरेका थिए। गत चुनावमा पार्टी भित्रको अन्तरघातको विषयमा रौनियारले भने गत चुनावमा भएको कमीकमजोरी लाई मध्यनजर गरि आगामी दिनमा त्यस्तो कमीकमजोरी कुनै हालतमा हुन नदिने ठोकुवा गरेका थिए। गठबंधनको विषयमा भने केहि स्थानीय निकायहरुमा आवस्यकता अनुसार गठबंधन हुनसक्ने रौनियारले बताएका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश