CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

हत्या, हिँसा, बलात्कार आदि इत्यादीका पक्षधरहरुले नै धर्मनिरपेक्ष गरेको : तिवारी

फेटा GP PSA
364
सिम्रौन्गढ़ नपा psa

काठमाडौं ।

काठमाडौं स्थित रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा चैत १९ गते शनिबार नेपाल विश्व हिन्दु महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन बाट महासचिवमा अभिषेक तिवारी निर्वाचित भएका छन। सम्पन्न भएको महाधिवेशनमा पुर्व प्रधान नयायधिश एवं मन्त्री परिषदका अध्यक्ष सम्माननिय खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

महासंघका नवनिर्वाचित महासचिव तिवारीका अनुसार हुन्दु सनातन धर्म हो तर ६२/६३ को आन्दोलनमा कसैले धर्मनिरपेक्षकाे माग गरेका थिएनन्आ तै पनि आन्दोलनको क्रममा नेतृत्व गर्ने नेताहरु कसैले पनि विषय नै नकोट्याएको धर्मनिरपेक्ष शब्द कसरी अन्तरिम संविधानमा समावेश भयो भन्नेमा अधिकांश नेताहरु स्वयम् अनभिज्ञ थिए र छन्।

Karaiya Mai Notice Winter

तर दातृ राष्ट्रहरुको नियमित तालिम, बैठक, र सल्लाहमा तिनै अनविज्ञ नेताहरु धर्मनिरपेक्षको वकालत गर्न लागे। धर्मनिरपेक्षको सामान्य अर्थ हुन्छ, धर्मप्रति कुनै पक्ष नभएको। वैदिक शास्त्रहरुका अनुसार धर्मको अर्थ सत्य, दया, अहिंसा, सदाचार,सबैमा समभावाले हेर्नु, समान दृस्टि राख्नु, सहयोगी भाव हुनु, झुटो नबोल्नु, अरुलाई दु:ख नदिनु आदि हो । यिनै धर्मका आचरणहरु हुन्। यस्ता व्यवहारसहित क्षेत्रयोचित कर्म गर्नुलाई धर्म गर्नु वा धार्मिक हुनु भन्ने बुझिन्छ ।

तर यी साबै लाई एउटा (धर्म निरपेक्ष) शब्दमा सखाप पारेर आज हरेक ठाउमा हत्या, हिँसा, बलात्कार आदि इत्यादि गर्नमा मात्र व्यस्त रहेका छन् भने तीवारिले गम्भीर आरोप लगाएका थिए। धर्मको कुनै पक्ष नलिनु वा धर्मनिरपेक्ष मान्नु भनेको यी र यस्ता धर्मका आचरणहरुलाई राज्य र व्यक्तिले नस्विकार्ने भन्ने बुझिन्छ, सत्य नचाहने, दया नचाहने, प्रेम नचाहने, समाजको भलाई नचाहने, हत्या हिंसा र बलात्कार जस्ता गतिबिधि स्विकार्ने भन्ने बुझिन्छ। धर्मनिरपेक्षको अर्थ राज्यले सत्य र सहि कुराको पक्ष लिँदैन भन्ने नै हो। त्यसैले धर्म निरपेक्ष यी सबै नेताहरुले गरेको बताए ।

महासंघका सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनमा सम्मानित अतिथिका रूपमा अनन्त श्री बिभुषित प्रथम महिला शंकराचार्य, माता हेमानन्द गिरि जि महाराज, एवं विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कार्यकारी परिषदका अध्यक्ष डा. अजय सिंह ज्युको उपस्थिति रहेको थियो भने विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष प्रेम लस्करी, महासंघका अमेरिकी प्रतिनिधि देवी प्रसाद पाण्डे (दिपक) लगायत १५ वटा राष्ट्रहरु बाट विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति लाई प्रतिनिधित्व गर्दै नेपाल आएका प्रतिनिधिहरु का साथै मधेसी आयोग का अध्यक्ष मा. डा. बिजय दत्त, ओमकार महा अभियानका राष्ट्रिय अध्यक्ष दिनेश कुमार सिजापती, बौद्ध धर्मका प्रतिनिधि, जैन धर्मका प्रतिनिधि, शिख धर्मका प्रतिनिधि लगायतका विशिष्ट अतिथिहरुका साथै नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका नेपाल विश्व हिन्दु महासंघका शुभचिन्तक तथा हजारौं धार्मिक अभियानताहरुको बृहत उपस्थितिमा महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ।

Baiju sah