CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अनलाइनमा रेडियो बारा विधिवतरुपमा प्रशारण सुरु

फेटा GP PSA
353
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

मधेस प्रदेसको बारा जिल्लाको कलैया उपमहानगरपालिका स्थित रेडियो बारा बिधिबत रुपमा अनलाइनमा प्रसारण सुरु गरिएकोछ। कुनै पनि देशमा संचार माध्यमको निकै नै अहम भुमिका भएको हुनाले संचार माध्यमहरुको भिडमा हाम्रो एउटा छुटै भूमिका निर्वाह गर्ने बताएका छन् । सत्य, तथ्य,निश्पक्ष एंम स्वस्थ खबरको सम्बाहक बनी समाजमा भएगरेका घटना लाई जस्ताको त्यस्तै प्रस्तुत गरि ध्यानाकर्षण गराउने छ र यसका साथै सम्बन्धित निकाय लाई समेत सु-सुचित गरि उक्त घटना सम्बन्धमा थप जिम्मेवार बनाउन अहम भुमिका निर्वाह गर्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष रामानन्द प्रसाद यादवले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

ब्यक्ति व्यक्ति मिलि समाज, समाज समाज मिलि गाउँ शहर, गाउँ शहर मिलि जिल्ला, जिल्ला जिल्ला मिलि प्रदेस, प्रदेस प्रदेश मिलि देशको निर्माण भएको हुन्छ, सोही अनुरुप हाम्रो यो संचार गृहले आफनो सामजमा भएका घटनाहरु बारे सत्य, तथ्य, निस्पक्ष एवं स्वस्थ खबर समप्रेशन गरेर हामी आफनो समाजका लागि आइनाको ब्यवहारका जस्तै अगाडि बढ्ने रेडियो बाराका प्रबन्धक संतोष प्रसाद यादवले बाताए।

नया बर्षको शुभ अवसरमा आजदेखी अनलाइन माध्यमबाट रेडियो बाराको प्रशारण शुभ आरम्भ भएकोमा सिआइएन नेपाल(www.cinnepal.com) का प्रबन्धक अनिल बर्मा नया बर्षको शुभकामना संगै रेडियोको भुमिका जुन हुनु पर्ने हो, त्यो हाम्रो समाजका लागि निर्वाह गरि अगाडी बढ्न माता गढी माई संगै सरस्वती संग कामना गरेका थिए। दलगत भावना भन्दा माथी उठेर कुनै गुट उपगुटको पक्ष वा विपक्षमा समाचार नगरी एउटा मानव धर्म लाई मात्र अंगाली मानवताको कल्याण हेतु कार्य गर्नुको साथै देशको राष्ट्रिय अखण्डता एवं राष्ट्रियता लाई कायम राखी देश प्रति आफ्नो सकारात्मक भुमिका निर्वाह गर्न वर्माले आग्रह गरेका थिए।

यस रेडियो बारा लाई www.radiobara.com गुगल क्रोममा सर्च गरि (खोजि गरि ) सुन्न सकिन्छ र यसका साथै केहि दिनमा नै तपाईको आफ्नो रेडियो सेटमा सुनिने प्रबन्धक यादवले बताए। चुनाव भन्दा पहिला नै रेडियोमा सबै कार्यक्रम धन्काउने लक्ष्य रहेको यादवले जनाका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश