CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैयामा, आफ्नो गाउ आफै बनाउ भन्ने मुलनाराका साथ् तीन दलले तालमेल गरि लड्ने

फेटा GP PSA
354
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

चुनावी तालमेल गरि दलहरुले एक ढिका भएर चुनाव लड्ने योजना बनाएका छन्। उधोग बाणिज्य संघ बाराको सभा हलमा भएको पत्रकार सम्मेलनमा तीन दलको गठबन्धनले कलैयामा चुनाव लडने भएका छन्। नेकपा एकीकृत समाजवादीका जिल्ला संयोजक अरुण खनालको अध्यक्षता तथा जनता समाजवादी पार्टिका केन्द्रिय सदस्य प्रमोद गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

दलगत भावना बाट माथि उठेर हामि आफ्नो गाउ आफै बनाउ भन्ने मूलनाराका साथ् साथै प्रतिगमनकारी शक्ति लाई परास्त गर्ने उदेश्यले गठबन्धन गर्न लागेको नेकपा माओवादी केन्द्र कलैय नगर संयोजक मुकेश साहले बताए। विभिन्न समयमा आफ्नो ज्यानको आहुति दिएका सहिदको सपना तथा अथक संघर्षले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा हेतु हामि लाई एक जुट हुनैपर्ने भएकोले हामि तीन दल मिली एक जुट भएर सार्वजनिक गरेका छौ।

एलायन्स रहेको पाच दालमा नेपाली काङ्ग्रेस ,नेकपा (माओवादी केन्द्र) ,जनता समाजवादी पार्टी ,नेकपा एकीकृत सामाजवादी र राष्ट्रिय जनमोर्चा रहेको गठबन्धन मध्ये तीन दल नेकपा माओवादी केन्द्र,जनता समाजवादी र नेकपा एकिकृत सामाजवादी गठबन्धनमा कलैया उप-महानगरपालिकामा लडने सहमति गरेका छन्। उमेद्वारहरु बारेमा ५ गते सम्म घोषणा गर्ने बताएका छन्। एलायन्स मध्ये छुटेकाहरु संग सहमति गर्ने प्रयास गर्दै छौ सहमति भएमा हामि सार्वजनिक गर्ने छौ भन्ने बताएका थिए।

उक्त अवसरमा जसपाका केन्द्रिय सदस्य युवा नेता रामकिशोर यादव, प्रदेश सभा सदस्य पारस साह, प्रकाश चौगाइ, जसपा कलैया नगर अध्यक्ष शिवनाथ पटेल, नेकपा माओवादी केन्द्रका कलैया उपाध्यक्ष आबिद हुसेंन अंसारी, रमेश साह, नेकपा एकीकृत सामाजवादिका धुर्ब यादव, ध्रमेन्द्र यादव लगायतका उपस्थिति रहेको थियो। कार्यक्रम संचालन सुजित पान्डेले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश