CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ठुलो माछा समात्न लाई गठबन्धन गर्ने : डा अंसारी

फेटा GP PSA
624
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

हालको स्थानीय चुनावमा हरेक पार्टीको झुकाव पार्टी गठबन्धनमा रहेको छ। तर चुनावमा गठबन्धन केका लागि हो ? त्यो कुरा जनता लाई कसैले बुझाउन सकेका छैंनन। विचार फरक भएर पात्र पार्टी फरक हुन्छ, यदि विचार फरक छैन भने पार्टी एकता किन नगरेको हो, कि मात्र चुनावी तालमेल गरेर जनता लाई मुर्ख बनाउने गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

चुनावमा जित्न लाई विचार मिल्ने तर देशको समुन्नत विकास गर्न लाई विचार किन मिल्दैन ? लोसपा नेपालका केन्द्रिय सदस्य युवा नेता डा. कमरुल्लाह अंसारीले प्रश्न चिन्ह खडा गरेका छन्। गठबन्धनमा चुनाव लडेर पार्टीहरुले जनता लाई के बुझाउन खोजेको अब जनताले सोध्ने छन्। सबै जना नेता जनता लाई मुर्ख मात्र बनाउने, गयो अब जनता सोध्ने छन्।

Karaiya Mai Notice Winter

सीआइ एन नेपाल संग कुरा गर्दै डा. अंसारीले भने यो गठबन्धन आउदो दिनमा ठुलो माछा समात्ने धोको रहेकोले जनता लाई मुर्ख बनाउने बताएका छन। डा. अंसारीले नेपाली कांग्रेस, एमाले र माओबादि माथि कटाक्ष गर्दै देशमा भएका हत्या हिँसा, बलात्कार, भ्रष्टाचार बारे एक जुट हुन् कहिले पनि कुरा समेत चलाउन लाई चेत खुलेको छैन तर हालको अवस्थामा चुनावी तालमेल गरेर फेरी त्यस्तै ठुलो माछा समात्ने योजना रहेको गम्भीर आरोप लगाएका छन्।

यो मौसमी तालमेल संग मेल खाने विचार भएका व्यक्ति मौसम जस्तै भएका कारण यी मौसम माथि कहिले पनि विश्वास नगर्न सर्व साधारण लाई सचेत गर्दै आग्रह गरेका छन्। केहि जनाले जन आन्दोलनको उदाहरण दिएर पन्छिने गरेको कुरा लाई प्रष्ट पार्दै डा. अंसारीले भने भावनात्मक तथा मूल उदेश्य सबैको एउटा मात्र रहेको थियो।

यदि त्यसको तुलना गर्ने हो भन्ने वाइड वडी, सुन काण्ड, निर्मलापंतको हत्या काण्ड लगायतका अनेक घटनाहरु बारेमा कुनै पार्टीको चेत नै खुल्न सकेनन तर चुनाव जित्न लाई जनताको घरदैलोमा जाने बेला मौसमी तालमेल गर्न लाई सबैले आतुर भएको कुरा जनताले बुझेको कुरा हो, जनताले आफै बैलेटको माध्यमले जवाफ दिने अंसारीले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश