CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अहमदिया संघ नेपालद्धारा ५५५ हावाहुरी पिडित परिवारलाई लत्ताकपडा वितरण

फेटा GP PSA
2,699
सिम्रौन्गढ़ नपा psa

श्रवण साह, वीरगंज  ।।  चैत १७ गते आएको विनासकारी हावाहुरीबाट प्रभावित फेटा गाउँपालिका वडा नम्बर १, ३ र ६ को भलुही, भरवलीया, पुरैनिया लगायतका स्थानमा प्रभावित परिवारलाई अहमदिया संघ नेपालले राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ । भलुही, भरवलीया, पुरैनिया लगायतको टोलमै पुगेर शनिवार र आईतवार गरी प्रभावित ५ सय ५५ परिवारलाई कुर्ता, सलवार, शौल वितरण गरेको छ । हावाहुरीबाट प्रभावित गाउँहरुमा वडा प्रतिनिधिहरुको विशेष उपस्थितिमा सो कपडा वितरण गरिएको हो ।

सो कार्यक्रममा अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा, अहमदिया बृद्ध संघका अध्यक्ष हैदर अली, वडा नं. १ का महिला सदस्य सुनरपति देवी, अहमदिया संघका सदस्य सकिर अहमद, इसरायल अहमद, हिजकी अहमद, सकिर आलम, अलिम अहमद, स्थानियबासी, सुरक्षाकर्मी लगायतको सहभागी रहेको थियो । “प्रेम सबै लाई गर घृणा कसैलाई नगर” भन्ने मुल नाराका साथ अहम्दिया संघ नेपालले दैविक प्रकोपमा बिगत समय देखि नै सक्दो सहयोग गर्दै आएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बिगतका दिनमा नेपालमा आएको विनासकारी भूकम्पबाट प्रभावितहरुलाई पनि घटनास्थलमै पुगेर राहत वितरण गरेको संस्थाका सचिव मोहन अहमदले बताउनु भयो । सो अवसरमा मोबारक अंसारी, मोजामिल मियां, इजहार मिया, रियाजुल अंसारी, नुरुल होदा अंसारी, इन्ताज अंसारी, खैराती मिया, जैनोदिन मिया ठकुराई, मिरुल होदा अंसारी, फजिल मियां, फैमाज हवारी, सकुर हवारी, रिजवान अंसारी, किरानी मिया लगायतका परिवारलाई वडा कार्यालयबाट बनाएको कार्डको आधारमा कपडा वितरण गरिएको हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश