CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल भरि कुन पदमा कति उम्मेदवारी

फेटा GP PSA
394
सिम्रौन्गढ़ नपा psa

काठमाडौँ–

नेपाल भरिमा स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जानेको छ। कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचन सो संख्यामा उम्मेदवारी परेको हो । यो संख्या मंगलबार राती ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको जनाइएको छ । प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ । यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उम्मेदवारको दलगत स्थिति

Karaiya Mai Notice Winter

प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले) बाट परेको छ । निर्वाचन आयोगको साँझ ९ बजेसम्मको विवरण अनुसार प्रमुख पदमा एमालेबाट
२८८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, अध्यक्ष पदमा ४४६ जनाको उम्मेदवारी दर्ता भएको देखिएको छ । सो दलबाट उपप्रमुख र उपाध्यक्षमा क्रमशः २८३ र ४४५ उम्मेदवारी परेको छ । त्यस्तै एमालेबाट वडा अध्यक्ष पदमा ६ हजार ४६८ जनाको उम्मेदवारी दर्ता भएको आयोगको तथ्यांक रहेको छ । त्यस्तै, सत्तारुढ दल नेपाली काँग्रेसबाट प्रमुख पदमा २६३ र अध्यक्षमा ३८२ जनाको उम्मेदवारी परेको छ । सोहीअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा २४८ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदका लागि २९१ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट
प्रमुख पदमा १ हजार ३७६ र अध्यक्ष पदमा १ हजार २४ जनाको उम्मेदवारी परेको आयोगको लगत छ ।
उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दल माओवादी केन्द्रलाई उम्मेदवारी दर्तामा उछिनेको छ ।

उपप्रमुखमा राप्रपाबाट २२७ उम्मेदवारी परेको छ भने नेपाली काँग्रेसबाट २१० उम्मेदवारी परेको देखिएको छ । सोहीअनुसार उपाध्यक्ष पदका लागि काँग्रेसबाट ३५९ जनाको उम्मेदवारी परेको छ भने माओवादी केन्द्रबाट सोही पदमा ३१४ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै, वडा अध्यक्षमा एमालेबाट ६ हजार ४६८, काँग्रेसबाट ६ हजार ७७, माओवादी केन्द्रबाट ४ हजार ३८५ र स्वतन्त्रबाट ५ हजार ८३१ जनाको उम्मेदवारी परेको छ । सोहीअनुसार महिला सदस्यका लागि एमालेबाट ६ हजार ३१८, काँग्रेसबाट ५ हजार ९९६, माओवादी केन्द्रबाट ४ हजार १०७, राप्रपाबाट २ हजार ८९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै, दलित महिला सदस्यका लागि एमालेबाट ६ हजार ११२, काँग्रेसबाट ५ हजार ७३१, माओवादी केन्द्रबाट ३ हजार ८३५, राप्रपा बाट १ हजार ६३३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, सदस्य खुलाका लागि एमालेबाट १२ हजार ६७०, काँग्रेसबाट ११ हजार ९३४, माओवादी केन्द्रबाट ८ हजार ५३८ र राप्रपाबाट ४ हजार ६३० जनाको उम्मेदवारी दर्ता भएको छ । सोहीअनुसार प्रमुख पदमा अन्यबाट १ हजार २९१, अन्यबाट अध्यक्षमा १ हजार २३५, अन्यबाट उपप्रमुखमा १ हजार २१, अन्यबाट उपाध्यक्ष ९१३, अन्यबाट वडा अध्यक्ष १२ हजार १८८, अन्यबाट महिला सदस्य ७ हजार ५५७, अन्यबाट दलित महिला सदस्य ६ हजार १६०, अन्यबाट खुला सदस्य १६ हजार ८८६ जनाको उम्मेदवारी परेको छ । (मंगलबार राती ९ बजेसम्म आयोगको प्रणालीमा प्रविष्ट तथ्यांक अनुसार) रहेको जनाइएको छ ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश