CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

वीरगञ्जको नारायणी यातायात व्यवस्था कार्यालयको प्राविधिक शाखाबाट नै सबैभन्दा बढी भ्रष्टाचार

Pheta Chhath Shubhakamana
272
Bara Gadhi Notice winter

वीरगञ्ज – नारायणी यातायात व्यवस्था कार्यालयको प्राविधिक शाखाबाटनै सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको तथ्य बाहिर आएको छ । प्रत्यक्ष सेवाग्राही धाई रहदा काम नगरेका त्यहि कर्मचारीले बिचौलियाको माध्यमबाट सरल तरिकाले गरेको पाईएको छ ।
नवीकरण शाखा प्रमुख कुशेश्वर साह आफ्नो पदको दुरुपयोग गर्दै बिचौलियाकै माध्यमले दैनिक लाखौ आर्जन गर्न सफल भएको यस घटनाले प्रष्ट पारेको छ । नारायणी यातायात व्यवस्था कार्यालय बिरगंजको प्राबिधिक शाखाबाट नै सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको तथ्य बाहिर आएको छ । नारायणी यातायात व्यवस्था कार्यालय बिरगंजका प्राबिधिक शाखाका प्रमोद यादव , संतोष यादव , दिनेश झाले नै कार्यालयलाई भ्रष्टाचारको अखाड़ा बनाएको नाम नबताउने शर्तमा त्यही कार्यालयका एक कर्मचारीले बताएका छन ।
निर्देशिका बमोज़िम इनजिनियरलेसवारी चेकजाँच गर्ने मात्रै हो तर सवारी चेकजाँच नगरी सेवाग्राहीसंग बीमाको नाउमा पैसा खाने काम मात्र गरिएको छ ।यति मात्र होईन सकल यकिनको नाउमा पैसा लिने , गाड़ी पुरानो भए नम्बर चिनिएन भने डाढी रकम लिने , डर त्रास देखाई यस्ता बिभिन्न बहानामा सेवाग्राहीहरुसंग पैसा लिने गरेको जो कोहीले पनी सहजै देखन सक्छ । यस्ता थुप्रै घटनाहरु यस भन्दा पहिला पनी सर्बजनिक भईसकेको हूदा ता पनी सम्बन्धी निकाय मौन बस्नु भने त्यो निकाय माथी पनी शंका उत्त्पन हुन थालेको छ ।
यामाहा , हीरो , होण्डा , सुजुकी , टिभीएस , जस्ता थुप्रै कम्पनीको गाड़ीहरु यातायात कार्यालय नलियाई पैसाको भरमा गाड़ी दर्ता भईरहेको छ । यस्ता कतिपै गाड़ीहरु यातायातमा नलियाई दर्ता गरिएको प्रमाण नै हामीसंग फेला परेको छ । त्यो कम्पनी गाड़ी दर्ता गर्नु वापत प्राबिधिक शाखाका यादवले प्रति गाड़ी रु १०० को दरले लिने गरेको एक जना कर्मचारीले बताए । साथै प्रति दिन यस्ता कम्पनीका ८०० देखी ९०० सम्म गाड़ी दर्ता हुने गरेको छ ।
सेवाग्राहीहरुले गाड़ी नामसारी गराउनु परेमा गाड़ी नै लिएर आऊनु परेको छ । तर त्यही कम्पनीको गाड़ी नामसारी  गराउनु परेमा ल्याउनु पर्दैन पैसा भएको पुग्छ । यस्ता कतीपै नियम बिपरित पैसाको बलमा प्राबिधिक शाखामा काम हुने गरेको श्रोतले बताएको छ । यो शाखामा काम गर्ने कर्मचारीहरुको सम्पति विवरण छानबिन गरियो भने सीधै पता लगाऊँन सकिन्छ की ती कर्मचारीहरु कतीका इमन्दार रहेका छन ।
यता यस बिषयमा नारायणी यातायात कार्यालय नवीकरण शाखाका प्रमुख कुशेश्वर साह सङ्ग प्रतिक्रिया लिन कार्यालय पुग्दा उहाँसंग सम्पर्क हुन सकेन । आफ्नो पदको दुरूपयोग गर्दै काम कारवाही गर्ने साह माथी मन्त्रालयकै छत्रछाया हुने गरेको कारण यस्तो क्रियाकलाप बढेको बारे दुइमत छैन । कार्यलय प्रमुख साहले गरेका कुकर्मका फाइलहरु नियमनकारी निकायले छानबिन नगर्दा उनले दिनदूगुना रात चौगुना भ्रष्टाचारका तानाबाना बूँदै दूनो सोझयाई राखेका उनी निकटका आसेपासेहरु बताउछन ।

Baiju sah