CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

सिम्रौनगढमा मल खाद्यको समस्यामा किसान तथा प्रशासन हैरान, सरकार गैरजिम्मेवार

फेटा GP PSA
641
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

मल खाद्यको समस्यामा किसान तथा प्रशासन हैरान रहेका छन। उक्त समस्याका कारण प्रहरीले तस्करीमा नियन्त्रण गर्न खोज्दा किसान मर्कामा पर्ने भएका छन। वर्ष भरी किसानको उपजनिमा नै सबै अधारित हुने गर्छन। चाहे त्यो जुन सुकै देश होस सबैले नखाएर बाच्ने कोहि मानिस छैनन। तर हाम्रो देश नेपालमा सरकार गैरजिम्मेवार भएर कुनै चासो नदिएको देखिन्छ। जसको फलस्वरूप दुइटा निकाय, व्यवस्थापिका तथा न्यायपालिका पनि बदनाम हुने गरेको अवस्था रहेको छ।

Karaiya Mai Notice Winter

सोही अनुरुप ईलाका प्रहरी कार्यालय सिम्रैनगढमा किसान संघर्ष समितिले इप्रका इन्चार्ज देवराज काफ्ले लाई ज्ञापनपत्रसमेत बुझाएका छन् । समितिका संयोजक रामचन्द्र प्रशाद कुशवाहाका अनुसार जब नेपाल सरकारले हाम्रो समस्या लाई सम्बोधन गर्न सकिरहेको छैन भने हामी आफुले व्यवस्थापन गर्न लाग्दा सरकार लाई केको आपत्ति रहेकोे छ? भने प्रश्न गरे। हामी लाई भोकै मार्ने फोहरी राजनीति गरिरहेका छन्,भन्ने गम्भीर आरोप समेत लगाए। हामी अब जसरी भए पनि आफ्नो समस्या लाई थाती नराखी जस्तो सुकै कदम उठाउन सकिने बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८

त्यस्तै सिम्रौनगढमा छोटी भंसार रहे पनि कागजमा सिमित रहेको जस्तो भएकोले अब त्यसमा ठूलो गाडीहरूको इन्ट्री गर्ने वयवस्था समेतको मांग गरेका छन। भन्सारको काम काज व्यवस्थित नभएको कारण किसानहरू लाई चाहिने हरेक सामग्री ओसारपसार गर्न कठिनाइ हुनेगरेको छ। यसका साथै दैनिक ज्यालादारी गरि खाने अतिविपन्न लाई दैनिकी चलाउन लाई भरत बाट दैनिक उपभोगका समान समेत ओसारपसार गर्न नपाउदा अति नै दैनिय अवस्था रहेको छ।

इलाका प्रशासन कार्यालय सिम्रौनगढ,वारा, शसस्त्र प्रहरी वल गोलागंज, शसस्त्र प्रहरी वल पिपरपाती, सिम्रौनगढ़ नगरपालिका नगरकार्यपालिकाको कार्यालय सिम्रौनगढ लाई बोधार्थ गरि ज्ञापनपत्र बुझाएका छन्।

Baiju sah