CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

संचारकर्मीको हौसला बढाउन मिडिया अवार्ड्स कार्यक्रम गर्ने : आनन्द शर्मा

फेटा GP PSA
302
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

बारा जिल्लाको नेपाल इन्षिटच्यूट अफ मास कम्यूनिकेशन प्रा. लि.द्वारा मिडिया अवार्ड कार्यक्रम गर्ने भएको छ। मधेश प्रदेश स्थित बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका – ६ मा मधेश प्रदेश मिडिया अवार्ड्स – २०७९ नामक प्रदेश स्तरीय अवार्ड कार्यक्रमको आयोजना गर्ने भएको छ। कलैया स्थित होटेल करण राज प्यालेसमा पत्रकार सम्मेलन गरि इन्षिटच्यूटका प्रमुख आनन्द शर्माले कार्यक्रम बारे बिस्तृत जानकारी गराएका हुन्। यो मिडिया अवार्ड कार्यक्रम भने मधेश प्रदेश कै पहिलो मिडिया अवार्ड कार्यक्रम रहेको छ। शर्माले पत्रकार सम्मेलनको आयोजना गरि जनाएका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

२०७९ असार २५ गते शनिबारका दिन बारा जिल्लाको सदरमुकाम कलैया स्थित होटेल करण राज प्यालेसमा दिनको ११ बजे देखि मधेश प्रदेशका मुख्यमन्त्री माननीय महमद लालबाबु राउत गद्दी ज्यूको प्रमुख अतिथिय तथा बिभिन्न तह तपकाका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम हुने अवार्ड कार्यक्रमका प्रमुख आनन्द शर्माले बताए । यस मिडिया अवार्ड कार्यक्रमको प्रत्यक्ष प्रशारण भने ५ वटा टेलिभिजन र २० वटा जति रेडियो स्टेशन लगायत बिभिन्न संचार माध्यमहरुको फेसबुक पेज तथा युट्युबहरु बाट समेत गरिने छ ।

Karaiya Mai Notice Winter

संचारकर्मीहरुको कार्यको मुल्यांकन गरि उत्कृष्ट संचारकर्मीहरु लाई सम्मानित गर्ने र वहाँहरुको हौसला बढाउनको लागि, अवार्ड कार्यक्रमको माध्यमले प्रदेशका सबै संचारकर्मीहरु एक ठाउँमा उपस्थित भई चिनजान गर्ने र आफ्ना कार्यको अनुभव मंच बाट आदानप्रदान गर्ने उद्धेश्यका साथ् यो कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल इन्षिटच्यूट अफ मास कम्यूनिकेशन प्रा. लि. भने २०७८ सालमा स्थापना भई सोहि सालको मिति २०७८ फाल्गुन ०१ मा बिधिवत रुपमा सुचारु भएको हो । यति कम समयमा नेपालका हरेक वर्ग र समुदायको मन जित्दै आफूलाई यस भेगको सबैभन्दा सफल, लोकप्रिय र स्थापित इन्षिटच्यूटको रुपमा बन्न सफल भएको छ। यस इन्षिटच्यूटमा नेपाल लगायत भारत बाट पनि प्रत्यक्ष रुपमा कक्षामा उपस्थित भई तालिमको लागि प्रशिक्षार्थिहरु आउने गर्दछन। साथै अनलाईनको माध्यमले विश्वभरि बाट प्रशिक्षार्थिहरु तालिममा सहभागी हुने गर्दछन। मिडिया/पत्रकारिता सम्बन्धित एकदमै न्यून तालिम प्रदायक शैक्षिक संस्थाहरु भएकोले संचार सम्बन्धित गुणात्मक शिक्षा प्रदान गर्नका निमित्त यो इन्षिटच्यूटको स्थापना भएको संस्थाका प्रमुख शर्माले बताए। यो इन्षिटच्यूटले संचारको क्षेत्रमा विलकुलै फरक सोच, नयाँ बिचार तथा परिवर्तनको उद्देश्यले मिडिया सम्बन्धित शैक्षिक क्षेत्रमा पाईला चालेको संस्थाका प्रमुख शर्माले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश