CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

माहागढिमाई नगरपालिका मेयर उपन यादव द्वारा नगर उप-प्रमुख कानु माथी दुर्ववहार

फेटा GP PSA
468
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

महा गढिमाई नगरपालिका मेयर उपन यादव द्वारा नगर उप-प्रमुख कानु माथी दुर्ववहार भएको खुलासा भएको छ। नगर प्रमुख उपन यादव भनिने उपेन्द्र प्रशाद यादवले आफ्नो निजि स्वार्थका निहित उप-प्रमुख तारादेवी कानु माथी आफ्नो नातागोता तथा आसेपासे लाई लगाई गालीगलौज तथा कुटपिट गर्न लगाएको कानुले आफ्नो गुनासो पोखेकी छिन। नगर प्रमुख यादवले मानव अधिकार, महिला अधिकार तथा सार्वजनिक पदका व्यक्तिमाथी दुर्ववहार गरि घोर निन्दनीय कार्य गरेको बताइन। त्यसकारण जबसम्म मलाई न्याय नपाए सम्म कार्यपालिकाको रहेक बैठकमा असहमति तथा हरेक बैठक लाई बिरोध गर्दै बहिष्कार रहने बताइन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आफ्नो निजि स्वार्थका लागि अस्पतालको बारेमा सर्वसाधारण लाई भ्रममा पारेर आफ्नो पक्षमा पारी अमानवीय व्यवहार गर्न लगाएको उप-प्रमुख कानुले बताइन् । प्राथमिक स्वास्थ्य केन्द्र १५ सैयाको अस्पताल गत कार्यकालको २०७६-आसिवनमा नगर प्रमुख यादव द्वारा नै पास गरिएको हो तर अब उप-प्रमुख कानुले बरियारपुरको अस्पताल भवानीपुरमा लगिरहेको भ्रम फैलाएर सर्वसाधारण लाई उस्काएको कानुले पोल खोलेकी छिन।

Karaiya Mai Notice Winter

अरु कार्यहरू जस्तै जनता लाई पाउनु पर्ने सेवा सुबिधा आफ्नो पार्टीका व्यक्ति लाई मात्र दिने र आफ्नो वर्चस्व कायम राख्ने निजिस्वार्थको कुरा बारेमा कानुले प्रष्ट पारेकी छिन। गैस वितरण, बाख्रा वितरण, खानेपानी, लगायतका अनेक कार्यहरू आफ्नो आसेपासे लाई मात्र वितरण गरेको बारे पोल खोल्दै आफ्नो व्यथा सञ्चारकर्मीहरु शित पोखेकी थिन। आफ्नो निजिनिवास भवानीपुरमा प्रत्रकार सम्मेलन गरि वडाका अध्यक्ष तथा कार्यपालिका सदस्य एवं नगर सभापतिले पनि आफ्नो धारणा राखेका थिए।

नगर प्रमुखले आफ्नो मनोमानी गरी निजिस्वार्थ पुर्ती गर्न नपाएर विभिन्न प्रोपोगन्डा खडागरी नगर असान्त बनाईराखेको नगर सभापतिले पनि आफ्नो धारणा राखेका थिए। त्यस्तै वडा अध्यक्षहरु तथा नगर कार्यपालिका सदस्यहरुले पनि एउटैखाले गुणासो पोखेका थिए।

कार्यपालिका सदस्य महेश जैसवाल, जयलाल साह कानु, मनोज कुमार साह, अशुली कुमारी, पशुपतिया देवी, कनुयिन, रुपकली देवी, विश्वनाथ प्र. कुशवाहा, वडा अध्यक्ष चन्दन कुमार साह, गेनालाल राउत अहिर, शिवेन्द्र प्र. सिंह, वहाब अंसारी, दिलिप शुक्ला लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेकोे थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश