CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

अज्ञात व्यक्ति द्वारा हिन्दुहरुको आस्था माथी कुठाराघात, हिन्दुवादी आक्रोशमा

फेटा GP PSA
369
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

ज्ञात व्यक्ति द्वारा हिन्दुहरुको आस्था माथी कुठाराघात गरिएको हो। बारा जिल्लाको दक्षिणी भेगमा भारतीय सिमा संग टासिंएको फेटा गाउँपालिकाको वडा न. ३ स्थित गाउँपालिकाको कार्यालय नजिक रहेको बौधिमाई मंदिरमा तोडफोड गरिएको हो। हिन्दुहरुको आस्था संग खेलवाड भएको भन्दै हिन्दु परिषद नेपालले बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल तथा डिएसपी राजेश थापा लाई समेत ज्ञापन पत्र बुझाएका छन।

धर्म निरपेक्ष संविधान जारि भए देखि नै हिन्दु समाजका आस्था केन्द्र माथि प्रहार र हिन्दु समाज संग मात्र बदमासी भई रहेको तथा बारा जिल्लामा कहिले व्यापक गौ तस्करी र हत्या, छठ पर्वको बेला गुण्डागर्दी र हत्या, कहिले गढ़िमाई मेलाको बेला बलि प्रथाको बिरोध गर्नु ज्वलन्त उदाहरण रहेको भनि बिज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

यस्ता यस्ता घटना बारा जिल्लामा बारम्बार हुनेगरेको छ, तर यस प्रदेशका मुख्य मंत्री महंमद लालबाबु राउत गद्दीले कुनै न त चासो नदेखाएको र दु:ख समेत प्रकट नगरेकोले मुख्य मंत्री नै संकाको घेरामा रहेकोे हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल उर्फ संतोषानंद जि महाराजले उधोगबाणिज्य संघ बाराको सभा हलमा गरिएको पत्रकारहरु लाई आफ्नो धारणा राख्दै घोर निंदा गरेका छ्न।

मधेश प्रदेशका मुख्य मंत्रीकै ग्राणडिजाइनमा ठाउँ ठाउँमा हिन्दुमाथी वा आस्थामाथी मुस्लिमहरु द्वारा आक्रमण हुने गरेको संकेत गर्दै संतोषानंद महाराजले आफ्नो धारणा राखेका थिए। श्री बौधी माई मन्दिर तोडफोड गरेको घटना प्रति घोर निन्दा गर्दै र यस्तो कार्य गर्ने गराउनेहरुलाई कानुनी कठघरा घेरा भित्र ल्याई कडा भन्दा कडा कार्यवाही गर्नका लागि हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति बाराका अध्यक्ष गोपाल दासको नेतृत्व र संतोषान्ंद महाराजको विषेश उपस्थितिमा ज्ञापन पत्र बुझाएका छन।

पत्रकार सम्मेलन कार्यक्रममा हिन्दु परिषद नेपालका केन्द्रिय सदस्य अधिवक्ता बिनोद कुर्मी, उपाध्यक्ष नेमिलाल प्रसाद, सचिव अरुण चौधरी, प्रवक्ता कमलेश सहनी, प्रसौनी गा. पा कमिटि अध्यक्ष अरविन्द मदनवाल, विषुण देव, महेन्द्र प्रशाद जैसवाल,फेटा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष नरेश पटेल लगायतकाको हिन्दु अगुवाहरुको उपस्थिति रहेको थियो।

Baiju sah