CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ताजिया (दाहा) मेला सिम्रौनगढमा सम्पन्न

फेटा GP PSA
320
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

मोहरमका अवसरमा इस्लाम धर्मावलम्बीले आयोजना गर्ने ताजिया (दाहा) मेला तराई मधेसका जिल्लाहरुमा धुमधामका साथ मनाएका छन्। पछिल्लो समयमा कोरोनाका कारण मनाउन सकिएको थिएन तर पाली मनाउन पाउँदा खुसियालीका साथ मनाएका छन् । धर्मका लागि ज्यानको आहुति (बलिदानी) दिने हजरत हसन र हजरत हुसेनको सम्झानामा मुस्लिम सामुदायले इस्लामिक महिना मोहरममा ताजिया(दाहा) मेलाको आयोजना गर्छन् । दाहा मेला मुस्लिम समुदायले लगाए पनि त्यसमा हिन्दू समुदायका मानिसको समेत उल्लेखनीय सहभागिता हुन्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सिम्रौनगढ नगरपालिकाको जोलाही टोला नायका टोला, पचरौता नगरपालिका लगायतका पालिकाहरुमा दहा (ताजिया) मेलाको आयोजना गरिएको हो । नेपाल, भारत, पाकिस्कतान, बंगलादेश सहितका देशहरुमा ताजिया बनाउने चलन रहि आएको छ ।

दाहा मेलामा मुस्लिम समुदायका युवाले विभिन्न प्रकारका कलात्मक खेल प्रदर्शन गर्छन् भने महिलाले हसन हुसेनको सम्झनामा गीत गाउँछन् । पछिल्लो समय महिलाले गीत गाउने चलन भने हराउँदै गएको छ । मेलाको अन्तमा राम्रो खेल प्रदर्शन गर्नेलाई तक्मा (सिल्ड) वितरण गर्ने चलन पनि हराउँदै गरेको देखिन्छ।

मोहरम महिनाको ९औँ दिन खेलाडीहरूले अन्य गाउँमा गएर खेल प्रदर्शन गर्छन् । दोस्रो दिन आफ्नै गाउँका मैदानमा खेल तमासा गर्छन् । सो स्थानलाई मुस्लिमहरूले करवोला भन्ने गर्छन् । करवोलामा दुई वा दुईभन्दा बढी ताजियाको मिलन अर्थात् जोरा लगाइने चलन छ ।इस्लामिक क्यालेन्डर अनुसार अहिले मोहरम महिना चलिरहेको छ । मोहरम इस्लामिक क्यालेन्डरको पहिलो महिना हो । मोहरम महिना इस्लामिक क्यालेन्डर अनुसार नयाँ वर्षको पहिलो महिना पनि हो। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं आउदो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको संघीय सांसदको उम्मेदवार डा. कमरुल्लाह अंसारिले  उक्त अवसरमा सबैका शुख शान्ति समृद्धि एवं सुस्वास्थ्यको कामना गरेका छन्।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश