CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकार पटेल होटलमा हैन, जन्मदिन अनाथ आश्रममा मनाए

फेटा GP PSA
381
सिम्रौन्गढ़ नपा psa

रौतहट।

अब समाजमा परिवर्तन सुरु भएको र अझ परिवर्तन शिल बनाउने उदेश्यका साथ पटेलले होटेलमा जन्मदिन नमनाएर अनाथ आश्रममा मनाएका हुन्। हुनत उच्च ओहोदामा पुगेका व्यक्तिले खासगरी आफना वा आफन्तको जन्मदिन होटलमा ठुल ठुला व्यक्तिलाई आमन्त्रित गरी लाखौंको भोतभतेर गरेर मनाउने आजकाल चलन नै चलेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

तर हाम्रो समाजमा अलि नाम कमाएका व्यक्तिहरुले आफना जन्मदिन कर्मचारी, सुरक्षा निकायका प्रमुख, मेयर, सांसद, मन्त्री लगाएत ठुलठुला व्यक्तिहरुसँग मनाई लाखौं रुपैया फजुल खर्च गर्ने गरेका हुन्छन तर रौतहटमा धेरै कम समयमा पत्रकारिता क्षेत्रमा आफना नाम कमाउन सफल जिल्लाकै चर्चित युवा पत्रकार अभिमनु कुमार पटेलले आफना जन्मदिन फरक किसिमले आज मनाएर समाजमा नया शन्देश दिएका हुन। पत्रकार पटेलले आफना जन्मदिन कुनै होटल वा ठुला व्यक्तिसँग नमनाई असाहाय र टुहुरा बालबालिकाहरुसँग मनाएका हुन्।

निरन्तर गरिव एवं असाहाय लाई सहयोग गर्दै समाजमा आफना छुटै पहिचान बनाउन सफल जिल्लाको परोहा नगरपालिका वडा नं. ८ मोतीपुर नरकटिया निवासी युवा पत्रकार अभिमनु पटेलले आज आफ्नो जन्मदिनको अवसरमा बंशीराम जयसवाल अनाथालय गरुडामा विभिन्न खाद्यान्न सामाग्री समेत सहयोग गरेका हुन्।

Karaiya Mai Notice Winter

जन्मदिनका नाममा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यलाई आत्मसाथ गर्दै पत्रकार पटेलले आफ्नो जन्मदिनको अवसरमा अनाथालयमा रहेका ३१ जना अनाथ बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरी प्रशंसनीय एवं उदाहरणीय काम गरेका हुन् ।

पटेलले चामल, दाल, चिउरा, सोयावीन, नुन, खानेतेल, दालबुट, कपडा धुने साबुन, नुहाउने साबुन, कपडा धुने सर्फ, चोकोपन लगायत विभिन्न खाद्यान्न सामाग्री सहयोग गरेका हुन्। शादीको सालगृह, छोराछोरी, दाईभाई, आमाबुबाको कसैको जन्मदिन वा कुनै परिवारीक उत्सवको समारोह भएको बेला होटलमा लाखौं रकम खर्च गर्नु भन्दा आफ्नो जिल्ला वा स्थानमा रहेको अनाथ आश्रम, बृद्धा आश्रम वा दलित बस्तीमा रहेको गरिब असहाय परिवारमा खाद्यान्न सामाग्री, लत्ताकपडा जस्तो सामाग्री वितरण वा सहयोग गर्नु नै उपयुक्त हुनेछ भनी आफुले उक्त सामाग्री मानव कल्याणका लागी समाजमा रहेका त्यस्ता व्यक्ति जसको यो संसारमा कोही छैन त्यस्ताका लागि केही गर्नु, अनि मानव मानव जन्मको अर्थ पुर्ण हुन्छ, भने पटेलले आग्रह गरे ।

रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेशका कोषाध्यक्ष, रौतहट जिल्ला अध्यक्ष, मधेश मिडिया प्रा.लि द्वारा संचालित मधेश प्रदेश अनलाइनका अध्यक्ष, श्री कुर्मी सशक्तीकरण मंच केन्द्रीय सदस्य, हिन्दु परिषद नेपाल रौतहट प्रवक्ता, भिजिट मधेश नेपाल रौतहट संयोजक, समाजसेवी, गरिबहरूको लागि सधैं एक कदम अगाडि उभिने तथा मधेश प्रदेश कै युवा चर्चित पत्रकार पटेलले जन्मदिनको अवसर पारी उक्त अनाथ तथा टुहुरा बालबालिकाहरुका लागि सानै भएपनि सहयोग गरेको बताए ।

पटेलले जन्म दिनको अवसरमा समाजमा पछिल्लो समय भड्किलो रुपमा मनाउनु भन्दा मानव लाई सेवा गरी मनाउदा आफुलाई समेत रमाईलो लागेको पटेलको भनाई छ । कुनै उत्सव होटलमा लाखौं खर्चेर भड्किलो मनाउनु भन्दा मानव सेवा गरि नै मनाउनु मानवताको परिचय दिनु भन्ने मान्यता साथ नै मनाउनु राम्रो रहेको पत्रकार पटेलले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश