CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विवाहको पहिलो तीज अस्पतालमा, मानव जन्मको पहिलो कर्तव्य

फेटा GP PSA
661
सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

हुनत हाम्रो समाजमा धेरै उत्सव तथा त्यवहार मनाएको बारेमा हेरेका हौ र सुन्ने गरेका छौ, आ-आफ्नो शक्ति भक्ती र क्षमताको अधारमा तडकिलो र भड्किलो मनाउने गरिन्छ। तर आजको युगमा मानवताको कुनै अर्थ नराखी यक्ष वंशका राजा “रावण” दानव सरह आफ्नो गोजीको जोहो गर्न वा वर्चस्व कायम गर्नुको साथै निजि स्वार्थ परिपुर्ति गर्न लाई नाङ्गो अँखाले हेर्न नसक्ने कार्यगर्न कुनै कसर बाकी नराखेको कुरा सर्वबिदितै छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

तर आजको समाजमा पनि फरक विचार भएका एक जना महिलाले आफ्नो विवाह भएको पहिलो तीज पर्व फरक तरिकाले समाज लाई नया संदेश दिदै त्यवहारको दिन पनि संयोगवस अस्पतालको शैयामा रहेको असहाय लाई सहारा बनी मानव जीवनको सार्थकता प्रदान गरेकी छिन। अस्पतालमा खाद्यान्न वस्तु भेट गरि विवाहको पहिलो हरितालिका तीज व्रत मनाएकी हुन। अस्पतालमा, मानव जन्मको पहिलो कर्तव्य श्री झरीमाई महिला विकास समाजको मनव्यमा क्लबकि अध्यक्ष राउत प्रीयाले आफ्नो बुहारीको विवाहको पहिलो हरितालिका तीज ना.उ.क्षे. अस्पताल बिरगंजको बिरामीहरु र मानव सेवा आश्रम बिरगंजमा सबैलाई फलफूलमा र बिस्कुट खुवाई आशीर्वाद लिएकी छिन।

तिजमा सबैले भोकै बसेर भगवान शंकर लाई प्रशन्न गर्ने गर्छन् तर राउत प्रियाले असहाय मानव लाई सेवागरी भगवान शिव शंकर लाई खुशी पारेको विश्वास व्यक्त प्रियाले गरेकी छिन। भनिन्छ हरेक मानिस भित्र भगवानको बास हुन्छ र द्वापरमा भगवान श्री कृष्णले अर्जुन लाई गीता ज्ञान दिदा भनेका छन् कि मेरो पूजा कसैले गरोस् वा नगरोस मानव लाई सेवा गर्नेले मेरो नै पूजा गरेको फल प्राप्त हुन्छ भन्ने धारणाका साथ राउत प्रियाले अस्पताल तथा आश्रममा खाद्यान्न सामग्री वितरण गरेको प्रियाले बताइन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश