CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

कपिलवस्तुमा खसि तस्करी बढ्याे ,सुरक्षाकर्मी भन्दा भन्सार सक्रिय

फेटा GP PSA
242
सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयको गस्ती टोलीले शिवराज नगरपालिकाको हल्लानगर बाट बिहिवार रात्रि पिकअप सहित ५४ जीव खसी बोका समातेको छ l

पछिल्लो समयमा विजयनगर गांउपालिकाको नेपाल भारतको निर्वाध रूपमा खसि बोका लगायत अन्य तस्करी खुला रूपमा भै रहेको पुरानाे घटना क्रमहरुले दर्शाउछन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

केहि हप्ता अगाडि मात्र सोही स्थान आसपास क्षेत्र बाट ५० भन्दा माथी अबैध खसीबोका बरामद गरिएको साथै केही समय अगाडि ५० भन्दा बढी अबैध खसीबोका बोकेको गाड़ी सहित महराजगंज क्षेत्रबाट बरामद गरिएको ले समेत कपिलवस्तु जिल्लामा खसीबोका तस्करी चरम सीमामा रहेको प्रष्ट हुन्छl

हल्लानगरमा समातिएको खसीबोका त्यही नजिकै रहेको इप्रका सुनदरीडाडां, इप्रका गणेशपुर विशुनपुर सशस्त्र वेस क्याम्पस समेत हुदाहुदै कृष्णनगर भन्सार कार्यालयको टोलीले २० कि. मी. टाढा गएर अबैध खसिबोका समात्नु अन्य निकायको चरम लापरवाही एवं मिलीभगत हुन सक्ने स्पष्ट छ ।

अबैध खसिबोका समातेको सम्बंधमा कृष्णनगर भन्सार कार्यालय प्रमुख जनार्दन पौडेलसंग बुझदा पटक पटक खसि बोका समात्दा समेत तस्करको मनोबल उच्च हुनुको पछाडि कारण बुझदा पौडेलले पटक पटक समात्दा समेत मनोबल उच्च हुनुमा जरिवाना तिरेको भन्द बढी पैमानामा काम गरेर पैसा कमाउने उद्देश्य हुन सक्ने साथै अन्य निकायको मिलिभगत छ कि भन्ने प्रश्नमा अब यो कुरा खोजीको बिषय भएको तर्क दिनुभयाे l

बडादशै नजिकिदै गर्दा अबैध खसिबोका ठूलो पैमानामा भित्रि रहेको स्थानीय बताएका छन् तर पटक पटक थोरै मात्रामा मात्र अबैध खसिबोका समातिनु तस्करहरूले झुक्याएर ठूलो पैमानामा खसिबोका तस्करी गराएको हुन सक्ने सम्भावना रहेको छ l विजयनगर गांउपालिका को सिमा क्षेत्रको देखरेख तथा अबैध माल सामान रोक्न वि.ओ. पी. डालपुर तथा वि. ओ. पी. जवयावैराठ समेत रहेकोले के कसरी अबैध तरिकाले खसिबोका, काठ लगायत अन्य समानहरू भित्रिनु समेत आफैमा गम्भीर प्रश्न खडा भएको छ l

Baiju sah