काठमांडौ ।
आउदो संघीय चुनावको बारेमा चर्चा र चहलपहल बढ्न थालेको हो। यसै क्रममा लोसपा नेपाल बाट बाराको क्षेत्र न.१(ख) बाट डा.कमरुल्लाह अंसारी प्रदेश स.स.को पदमा प्रत्यक्ष उमेदवार हुने पक्कापक्की भएको छ। डा. अंसारी एउटा शिक्षित तथा मिलनसार व्यवहार भएका व्यक्ति भएकोले उक्त क्षेत्रमा ठाउठाउमा चर्चा हुनेगरेको सुनिन्छ।
केन्द्रिय कार्यालयमा पनि अंसारीको बारेमा केन्द्रिय स्तरका नेताहरू पनि चर्चा गर्ने गरेका छन्। यसपाली यदि टिकट नदिए पिछडिएका जाति संग विभेद हुने भएकोले लोकतान्त्रिक समाजवादी पार्टी विभेद रहित भएकोले कुनै विभेद नहुने बारे चर्चा हुनेगरेको छ। गठबन्धन भए नभए जसरी पनि टिकट पाउने निश्चित भएको केन्द्रिय स्तरका एक नेताले जनाएका हुन्।
डा. अंसारीले सामाजिक संजाल फेसबुकबाट उम्मेदवारीको घोषणा गरेको आधारमा एउटा छुट्टै तरंग उत्पन्न भएको छ। तपाइको उम्मेदवारी के को लागि प्रश्नको जिज्ञासा राख्दै डा. अंसारी संग यसको बारेमा बुझ्न खोज्दा डा. अंसारीले बुदागत रुपमा आफ्ना अनुभव साझा गरेका थिए।
पहिलो नम्बरमा हाम्रो समाजमा सबैले राजनीति रटेको जस्तो लागेको तर बुझ्न नसकेको हो, आफै ससंकित रहेको बताए। किन भन्ने प्रश्नमा भने हाम्रा समाजमा सबैले सुनेका छन् कि हाम्रो देशमा तीन तहको सरकार हो, तर ती तीन वटैको सरकारमा रहेका जनप्रतिनिधिहरुको कामकर्तव्य र अधिकारको बारेमा कसैलाई थाहा नभएको कुराहो, जसकारण हाम्रो देशको अवस्था आज यस्तो हुन् पुगेको छ।
त्यहि कारणले आफ्नो मतको मूल कुरा नबुझेर बेच्ने गरेको पनि कुरा हेर्ने वा सुन्ने गरिन्छ। वडा सदस्य, अध्यक्ष, पालिका उप-प्रमुख, प्रमुख, प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको काम कर्तव्यको बारेमा सबैले बुझी सके पछी कसैले आफ्नो मत कुनै हालतमा नबेची सहि सदुपयोग गर्ने डा. अंसारीले आफ्नो धारणा राखेका थिए।
दोश्रो नम्बरमा हाम्रा समाजमा सामाजिक समस्या बारेमा नसोची निजि स्वार्थमा निहित भएर सर्वसाधारण लाई लत्याउने गरेको कुरा आफु बाट सहन गर्न नसकिएर जसरि फोहर सफा गर्न आफ्नो हातमा फोहर नलागे सम्म सफा हुन सक्दैन त्यसकारण मेरो उम्मेदवारी हुने डा. अंसारीले बताए।
तेश्रो नम्बरमा हालमा हामि कल्युगमा बाचिरहेकोले कल्युगको प्रभावका कारण मानवता लाई हामि दानवतामा परिवर्तन गरेको कुरा पनि हामीमा व्याप्त भएर अरुको दु:ख बुझ्न नमानी आफ्नै समाजका व्यक्ति-व्यक्ति बीच द्वन्द भएर विभिन्न घटनाहरु हुनेगरेको कुरा पनि व्याप्त रहेको, र सरकारले पनि कुनै चासो नदेखाएकोले हाम्रो समाज आज आक्रान्त हुन् पुगेको लाई न्यूनीकरणका लागि मेरो उम्मेदवारी हुने डा. अंसारीले बताए।
एक फरक तरिकाले अबको हाम्रो नेपालको राजनीति बारेमा डा. अंसारीले आफ्नो धारणा राख्दै यस्ता कुराहरु बताएका हुन। अमेरिका लगायतका कतिपय देशमा सांसदले विधि निर्माणमा केन्द्रित भए मात्र पुग्छ। त्यहाँ मन्त्रीसमेत सांसदहरू बाट बनाइँदैन। नेपालमा एकजना सांसद कानुन निर्माता, निर्वाचन क्षेत्रमा विकास कार्यको संयोजनकर्ता, सामाजिक व्यक्तित्व अनि प्रदेश र संघीय संसद्को सदस्यको हैसियतमा प्रादेशिक र राष्ट्रिय व्यक्तित्वका रूपमा पनि क्रियाशील हुनुपर्ने एकसाथ धेरैवटा दायित्व पूरा गर्न लाग्नुपर्ने बाध्यता छ।
विधि निर्माण प्रक्रियामा भिन्न छवि बनाई सक्रिय हुन यहाँका सांसदहरूका निम्ति गाह्रो काम भएको अनुभव पाइन्छ। किनभने, सांसदको यस हिसाबले छवि निर्माण गरेको पाइँदैन। तर संसद्मा बोल्ने विषय र एजेन्डामा विशेष ध्यान दिने र तयारी गर्ने, सार्वजनिक महत्वका विषयहरूमा प्रस्ट दृष्टिकोण राख्ने, विधेयकहरूको गम्भीरतापूर्वक अध्ययन–मनन र गृहकार्य गर्ने, समितिका बैठकमा अध्ययनशील, लचिलो र बौद्धिक प्रस्तुति गर्ने, सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय अनुभव र अभ्यासको विचरण एवं विवेचना गर्ने, विवादका विषयहरूको निरूपण र समाधानका लागि आवश्यक सन्दर्भ–सामग्रीको खोज, संकलन र अध्ययन गर्ने अनि उत्कृष्ट नीतिनिर्माणकर्ताको छवि निर्माण गर्न लागिपर्ने काममा हरेक सांसदले ध्यान दिनैपर्छ भन्ने डा. अंसारीले बताए।
निर्वाचन क्षेत्रमा मतदाताबीच भरोसायोग्य प्रतिनिधिका रूपमा स्थापित हुन जनता÷मतदाता र सिंहदरबारबीचको सम्पर्क सेतु बन्ने, जनसरोकारका हर विषयमा जीवन्त सम्पर्क, विकास प्रक्रियाको अगुवाइ, सुनुवाइ र संयोजन गर्ने, निर्वाचन क्षेत्रमा आफ्नो भिन्न परिचयका लागि नित्य कोसिस गर्ने, योजना छनोट र कार्यान्वयनमा भिन्न प्रयास जस्तो कि प्रभावित क्षेत्रका अगुवासँग समन्वय र सरसल्लाह गर्ने, पारदर्शी र निर्विवाद विनियोजन, कार्यान्वयन र अनुगमनको सक्रियता देखाउने, छ करोड बजेटको योजनाबद्ध खर्च गर्ने बन्दोबस्त मिलाउने, बेरुजु देखिने वा कार्यान्वयन नहुने स्थितिप्रति सजगता अपनाउने र हरेक सांसद ३३० संघीय र ५५० प्रादेशिक सदस्यहरूमध्ये आफू अग्रणी, अब्बल र प्रतिस्पर्धायुक्त सावित हुन सक्नुपर्ने खाँचो छ। यसो गरेर मात्र सांसदहरूले आफूलाई विकास अभियन्ता र राजनीतिक अगुवाको दुवै भूमिकामा भरोसायोग्य छविमा स्थापित गर्न सक्छन्।
यसनिम्ति सांसदको आलोचना भइरहेको पनि हुन सक्छ, त्यसको मनन गरेर कमी–त्रुटिमा सुधारको हुटहुटीका साथ व्यवहारमा भिन्न बनाउने गरी स्वकीय सचिवहरू सक्रियताका साथ लाग्नुपर्छ। सांसदका तर्फबाट नै हरेक कार्य सम्पादन गर्न यस्तो जिम्मेवारीमा रहने व्यक्तिले आफूलाई प्रतिस्पर्धात्मक कार्यव्यवहार, सहिष्णु र विनम्रताका साथ प्रस्तुत गर्नु आवश्यक हुन्छ।
सांसद र स्वकीय सचिवको सार्वजनिक र आन्तरिक भिन्न खालको कार्यसम्बन्ध हुन्छ। स्वकीय सचिवलाई टेलिफोन उठाउन सीमित गर्ने, पारिवारिक सदस्यको तहमा निकट मात्र राख्ने गरेर यो जिम्मेवारी पूरा हुँदैन। स्वकीय सचिवलाई आफ्नो हरेक काममा योग्य, दक्ष र भरोसायोग्य दाहिने हातका रूपमा चलाउन सक्नु स्वयं सांसदको पनि जिम्मेवारी र कर्तव्य हो।
मन्त्रालय र सरकारी निकायसँग समयमै पत्राचार÷जानकारी र समन्वय गर्न, निरन्तर भेटघाट र कामको फलोअप गर्न, कामको प्राथमिकता निर्धारण गरेर क्रियाशील हुन, सम्बन्धित मन्त्री÷सचिव÷महानिर्देशक लगायत सँग कार्यगत सुसम्बन्ध राख्न सांसद र सांसदका तर्फबाट स्वकीय सचिवको सहज, सरल, क्रियाशील र सहयोगी व्यवहार देखिनु अनिवार्य हुन्छ। स्वकीय सचिवले सांसदका दिनदिनै भेटघाट र जनसम्पर्कको समन्वय मिलाउने, सार्वजनिक कार्यक्रमको समय निर्धारण, निश्चित र व्यवस्थापन गर्न आयोजकहरू सँग निरन्तर सम्पर्कमा रही समय व्यवस्थित गर्ने, आवश्यक पत्राचार÷फलोअप र कार्यान्वयनका लागि दौडधूप गर्ने, सहयोगीहरूको विषयगत समूह निर्माण र परिचालन गर्ने एवं उल्लेखनीय परिणामको स्वाभाविक अनुभूति बाँड्न सक्ने समेत हुनु पर्छ। व्यक्तिगत अपहरिहार्यताको अनुभूति गराउँदै परस्परमा विश्वास अभिवृद्धि गरेरै यो काम सफलतापूर्वक गर्न सम्भव हुन्छ। तर हालको अवस्थामा यी सबै सचेतना हुन् नसकेकोले पनि आज हाम्रो समाजमा बिभिन्न घटना दुर्घटना हुनेगरेको डा. अंसारीले बताए।