CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एउटा घट्नाले चार घर भए बेघर : आर्या

फेटा GP PSA
338
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

हिजो एउटा घट्नाले चार वटा घरपरिवार बेघर भएका छन्। यो घट्ना तपाईकै गाउँ ठाउँको हो। घटना भनेको भनेर आउने होइन। यो त अचानक हुने गर्दछ, जुन केही असमझदारीको कारण हुने गर्दछ। हुनत जोकोही पनि यात्रा गर्दा एकछिन पनि ढिलो नहोस भन्ने सोचको असमझदारीले दुर्घटनामा परि आफ्नो ज्यान गुमाउनुको साथै सिङ्गो परिवार पनि ठुलो छतिबोहोर्नु परेको हुन्छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

त्यस्तै हिजो परवानीपुर हनुमान चौकमा एउटा मोटरसाइकल बिपरित दिशा बाट जाँदै गरेको अर्को मोटरसाइकलमा ठक्कर दिदा दुर्घटनामा परि सवार रहेका चार घर परिवारका चार जना अफिसर ज्यान गुमाएका छन्। दुर्घटना कसरी भयो भन्ने अनुसन्धान गर्दा एउटा सानो ढुङ्गाको टुक्रा बाट चिप्लिएर अर्को मोटरसाइकलमा ठकर लागेको घटना स्थलमा ट्राफिक अधिकारी रामसुन्दर आर्या रहेका थिए।

Karaiya Mai Notice Winter

घट्ना बारे विस्तृत जानकारी बटुल्दै जादा मोटरसाइकल एक आपसमा लड्दा चारै जना भुइँमा लड्ने क्रममा मोटरसाइकलमा लगाइएका आइना फुटेर हत्केलाको नस काटिएर अस्पतालमा पुर्याउने क्रममा बाटोमै अत्यधिक रक्तस्राव भएर मृत्यु भएको भने, एकजना लाई अन्ड्कोषमा गम्भीर चोट लागि मृत्यु भएको र अर्को मोटरसाइकलमा सवार रहेका दुई जना लाई घाटीको अगाडी पट्टी बाट चोट लागि श्वास-प्रस्वास प्रणाली प्रभावित भएर घट्नाको दुई मिनेटमा मृत्यु भएको थियो अस्पतालले पुष्टि गरेका थिए।

मृतकहरुको घरपरिवार लाई खबर गर्दा उनिहरुको घर परिवारमा सबै जना घरमुली नै रहेका थिए। नसा काटिएर मृत्यु भएका निजगढ निवासी पौडेलको पचासी वर्षीय बुबा र चार जना छोराछोरी तथा श्रीमती लगायत परिवारका आठ जना रुदैकराउदै आएका थिए। त्यस्तै कहालीलाग्दो पछाडी बसेका सोही ठाउँका रिजालका घरपरिवारमा २७ वर्षीय श्रीमती, दुई वर्ष देखि छ वर्ष सम्म रहेका दुई छोरी र एक छोरा, २२वर्षीय बहिनी तथा ५० वर्षीय आमा गरि सात जना परिवारहरु भगवान लाई गाली गर्दै, रुदैकराउदै आएका थिए।

त्यस्तै बीरगंज बाट चितवन जाने क्रममा लामाको घरमा ३० वर्षीय श्रीमती, दुई छोरा एक छोरी र आमाबाबु मिलि, छ जना सदस्य रहेका थिए। भने उनको पछाडी बसेका हेटौंडा निवासी यादवको घरमा २८वर्षीय श्रीमती, तीन जना छोरी तथा दुई भाइ एवं आमाबाबु रहेका थिए। सबैका घर चलाउने अर्थात अर्थिक भार सम्भाल्ने मृतकहरु नै रहेका थिए। अब वहाहरुको परिवार भगवानको भरमा बाच्ने मात्र आस रहदा बज्रपात परेको कुराले निकै नै मर्माहत तथा अघात परेको थाहा पाउँदा ट्राफिक अधिकारी रामसुन्दर आर्याले बिहानको सुर्यको किरण बाट बिउझिदै झसंग भएका थिए।

उक्त घट्ना एउटा सानो ढुङ्गाको टुक्रा बाट मोटरसाइकल चिप्लिदा आफ्नो असावधानीका कारण अरु तीन घर परिवार सहित चार जना घरपरिवार माथी त्यस्तो बज्रपात पर्ने खाले घट्ना हुन सक्छ भन्ने कुराको अभास सबैमा होस भन्ने धारणाका साथ सबैलाई जानकारीको लागि आर्याले संदेश दिएका हुन। कसैको यस्तो खाले दुर्घटना कहिले पनि नहोस भन्ने इश्वर संग प्रार्थना रहेकोे आर्याले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश