CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्वतन्त्र उमेदवार आजको आवश्यकता : डा. अंसारी

फेटा GP PSA
453
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

यही मंसिर ४ गते हुन गईरहेको आसन्न निर्वाचन प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा अब उम्मेदवारहरुले आ-आफ्नो स्वतन्त्र उमेदवारी दर्ता गराएका छन्। आजको समयमा हाम्रो देश तथा आफ्नो समाज बनाउनका लागि सम्पूर्ण जनताले आफ्नो तर्फबाट यो कुरालाई मनन गर्नुपर्ने रहेको आवश्यकता महसुस गरेर आफ्नो मतदान गर्न अति आवश्यक रहेको स्वतन्त्र उमेदवारी दर्ता गराएका उमेद्वारहरु ले बताएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सबै पार्टीको गतिविधिहरु तपाईहरुले हेरेकै हुन्छ, अबको समयमा हामी सबै जनता मिलेर यदि समयमै आफ्नो विवेक पुर्याएर आफ्नो मतदान गरिएन भने अझ हाम्रो देश र हाम्रो समाज झनझन विभिन्न घटना तथा निकै नै नीतिगत भ्रष्टाचार तथा बेतिथी हरुकाे झण्डै बिकराल स्थितिको उपज हुनेछ।

Karaiya Mai Notice Winter

अब हाम्रो देशमा यो सबै नेताहरूको पछाडी नलागीकन अब स्वतन्त्र उम्मेदवारलाई नै निर्वाचित गर्ने समय रहेको जनताहरुले आवश्यकता महसुस गरेका छन्। किनकि पार्टीका सबै शीर्ष दलका नेताहरुले आफ्नो बुवाको पैत्रिक सम्पत्ति बुझेर सम्पूर्ण जनताहरुलाई झुक्यायी नीतिगत भ्रष्टाचार गर्नमा व्यस्त रहेका छन्। यदि त्यस्तो कुरा नभएको भए सबै पार्टीहरुले एकआपसमा मिलेर गठबन्धनको नाममा सबै नीतिगत भ्रस्टाचार गर्न लाई किन आतुर भएका छ्न, भने जनताहरुले प्रश्न ठड्याउन सुरु गरेको कुरालाई हेरेर आफ्नो उम्मेदवारी दर्ता गराएको डाक्टर कमरुल्लाह अन्सारीले बताएका छन्।

हालको समयमा हेर्दाखेरि सबै पार्टी मिलेर पार्टीको गठबन्धन गरी सरकार चलाएकै हुन्। त्यति मात्र होइन, अदालतलाई समेत आफ्नो पक्षमा पारी आफ्नो गोजीको सुरक्षा गर्नमा मात्र व्यस्त रहेको जनताहरुले अब अवल्याउन थालेका छन्। आजभन्दा ३० वर्ष पहिला घरमा घरको भुइ बाट ठुलो प्वाल (सेन्ह) काटेर चोरी गर्ने चलन थियो तर आजको समयमा ती चोरहरु राज्यको सत्तामा पुगेर नीतिगत कागजमा नै चोरी गरी सबै जनताहरुको रगत र पसिनाले कमाएका रकमहरु आफ्नो ढुकुटीमा राख्न सफल भइरहेका, सर्वसधारणहरुको बुझाई रहेको कुरा अंसारीले बताए।

नेताहरुले सबै कुराहरु बारीकीकासाथमा- हेरेर सचेत हुन लागेको बुद्धिजीवीहरूको भनाइ रहेको अंसारीले बताए। २०७२ मा गएको भूकम्पमा अरु देशहरुबाट पाएका भिक्षा स्वरुप पाएका दान सामग्री तथा त्रिपालहरु पार्टीका शीर्ष नेताहरुले नै चोरी गरेर सुटुक्क गइरहेको दृश्य हेरेर जनताहरुले अब सचेत हुन लागेको बुद्धिजीवीहरुले बताएका छन्।

त्यसैले अब जनताहरुले स्वतन्त्र उमेद्वारलाई मात्रै निर्वाचित गराएर आफ्नो देश र समाजको बेतिथी तथा विभिन्न घटनाहरुको जड लाइ नै उखालेर फाल्ने सोच रहेको अंसारीले बताए। कृषक व्यापारी तथा अन्य पेशामा लागेका सबैका समस्याहरुबारे कसैले कुनै वास्ता नगरी आ-आफ्नो गोजिको सुरक्षा र संरक्षणमा लागेको बारेमा सबैले अब पूर्णरुपले बुझिसकेको हुनाले आफ्नो मत अब बिना कुनै प्रलोभनमा परी मतदान डाक्टर अन्सारीले आग्रह गरेका हुन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश