CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

वीरगञ्जमा प्रदीप र विचारीको संयूक्त रोड शो, जसपा-एमाले गठबन्धनलाई मतदान गर्न आग्रह

फेटा GP PSA
328
सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ (क) मा जसपा–एमाले गठबन्धनले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ । मतदाताको घरघरै पुगेर दुवै दलका उम्मेदवारले जसपा–एमाले गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।

पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्यमा जसपाका उम्मेदवार पूर्वमन्त्री प्रदीप यादव र १ को (क) मा प्रदेशसभा सदस्यको उम्मेदवार एमालेका विचारी यादव छन् ।

सोमबार जसपा–एमाले गठबन्धनले पर्सा १ को (क) मा पर्ने वीरगञ्ज महानगरको ग्रामणि भेगका विभिन्न वडामा चुनावी रोड शो गरेको छ । प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवको नेतृत्वमा वीरगन्ज महानगरपालिका वडा नम्बर १८, २०, २२ र २३ मा रोड शो गरिएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

वडा नम्बर १८ भवानीपुरबाट शुरु भएको रोड शो सौराहा, इनरवा, वडा नम्बर २० को हरपतगञ्ज, अपौनी, वडा नम्बर २२ को मनियारी, जगरनाथपुर , वडा नम्बर २३ को सबैठवा हुदै प्रसौनीमा पुगेर समापन भएको थियो ।

प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवको पनि सहभागीता रहेको रोड शो का क्रममा स्थानीय मतदाताले दुवै उम्मेदवारलाई भव्य स्वागत गरेका थिए । मतदाताहरुले दुवै उम्मेदवार यस क्षेत्रको विकास र समृद्धिका लागि निरन्तर लागिपरेकाले यसपालि दुवै उम्मेदवारको जित सुनिश्चित भएको प्रतिक्रिया समेत जनाएका थिए ।

रोड शोका क्रममा स्थानीय मतदातासँग कुरा गर्दै जसपाबाट प्रतिनिधीसभाका उम्मेदवार एवम् पूर्वमन्त्री प्रदीप यादवले मंसिर ४ को निर्वाचनमा जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

आफुहरु केवल चुनावका बेला मात्र जनताको घरदैलोमा झुल्किने नेता नभइ पदमा रहदा नरहदा पनि सधै जनताको माझमा रहेर सुखदुखमा साथ दिदै आएको यथार्थ जनता माझ छर्लङ रहेको उनले बताए । त्यसका कारण मंसिर ४ को निर्वाचनमा जसपा–एमाले गठबन्धनको पषमा तदान गर्न उनले आग्रह गरे । यस्तै एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवले पनि जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई नै मत दिन आग्रह गरे ।

Baiju sah