CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आदर्श कोतवालमा अँखा शिविर सम्पन्न

फेटा GP PSA
3,184
सिम्रौन्गढ़ नपा psa

सबिर आलम, बारा ।।  आदर्श कोतवाल गाउँपालिक कामा नि.शुल्क अँखा शिविर गरिएको छ। महेन्द्र आदर्श चिउटाहा स्वास्थय चौकीका समयोजक पारस राय यादव को अध्यक्षतामा एवं आदर्श कोतवाल गाउँपालिका प्रमुख मुस्तुफा अन्सारीको प्रमुुख आतिथ्य तथा गाउँपालिका उप-प्रमुख पुनम देवी शाह को विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

बैशाख १० गते आदर्श कोतवाल गाउँपालिकाका प्रमुख मुस्तुफा अन्सारीले आफ्नो आँखा जाँच गराइ उदघाटण गरेका थिए । ५ दिने नि.शुल्क आँखा शिविरमा हजार जना आँखाका बिरामीहरुलाई आँखा जाँच गरिएको थियो जस मध्ये १८१जनाको आखामा मोतिया बिन्दु फेला परेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मोतिया बिन्दु फेला परेको १८१ जना आँखाका बिरामीहरु लाइ डा. पुषपा गिरी श्रेष्ठ र डा. दिलिप कुमार यादव तथा आँखा सहायक डा. हरु द्वारा  अप्रेसन गारिएको छ । शिविर  समापन कार्यक्रममा  गाउँपालिका प्रमुख अन्सारीले भरतपुर आँखा अस्पतालले आउदो दिनमा आदर्श कोतवाल गाउँपालिका लाइ सहयोग गर्ने अपेक्षा राखेका थिए ।

Karaiya Mai Notice Winter

भरतपुर आँखा अस्पतालका डा.तथा स्वास्थ्य चौकी महेन्द्र आदर्श चिउटाहाका डा.हरुको उच्च कदर गर्दै प्रमुख अन्सारी तथा उप-प्रमुख शाहले डाक्टरहरु लाइ प्रशंसा पत्र र दोसाला ओढाइ सम्मान गरेका थिए ।

कार्यक्रममा नेत्र विशेषज्ञ डाक्टर पुषपा गिरी श्रेष्ठ , दृष्टि विशेषज्ञ दिलिप कुमार यादव, आँखा सहायक डाक्टर रमेश खरेल, अनिसा तिवारी, रन्जना पोखरेल, चन्दन मनिराम, एस ए लामा, लोकेन्द्र विश्व्कर्मा, उमाकान्त बैठा, रेशम चौधरी, पारस राय यादव, रामाकान्त शाह, राम कुमार मनडल, सरोज कुमार कान्त, रमैती गर्भुजा, पुजा प्रजुली लगायतका डाक्टर हरु रहेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश