CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नयाँ कदम नेपालले अपाङ्गताहरुको आश्रममा जादा के देखियो

फेटा GP PSA
563
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

हुनत मनुष्यको जीवन अकल्पनीय हुन्छ। जसको कुनै कल्पना गर्न सकिदैन तर मनुष्यको बित्र एउटा मानवताको गुण हुन्छ र हुनुपर्छ त्यो अधारमा नै यो संसार चलेको छ। तर हाम्रो नेपालको परिपेक्षमा हेर्ने हो भने निकै नै अकल्पनीय रहेको देखिन्छ। किनकी हाम्रो नेपालमा मानवताको कुनै औचित्य नरहेकोले मानवले मानवको व्यवहार नगरी एउटा दानवको व्यवहार गर्ने गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उदाहरणको रूपमा हेर्नेहो भने कतै जानू पर्ने छैन हाम्रै समाजमा आफू लाई समाजका अगुवा भनाउने नेताको नाम बदनाम गराउने नेतृत्व गरि रहेका रावण रुपी व्यवहार भएका केही गिरोह रहेका छ्न, जसले दिन दु:खी लाई सहयोग गर्नु सट्टा हाम्रो समाजका गरिब निमुखा असहायहरुले दैनिक रुपमा खुन पसिना बगाएर एक छाक खानाको जोहो गर्ने गर्छन् जस मध्ये सरकार लाई कर तिरेका हुन्छन्। र ती कर बाट आफूहरु रजाई गर्ने गरेका छन्। त्यति मात्रै हैन यहाँ त आफ्नै देश वासी जनता लाई भिखारी बनाएर भिक्षा समेत चोर्न छोडेका छैनन्। २०७२को भुकम्पमा दात्री राष्ट्रले भिक्षा स्वरुप दिएका समाग्री लाई समेत चोरेको कुरा सर्वबिदितै छ।

जनता लाई के चाहिन्छ के चाहिदैन त्यसको कुनै वास्ता नगरी आफ्नो भुडी भर्ने बाहेक कुनै कार्य नगरेको कुरा दिनहु संसद भवनमा चर्चा हुने गरेको छ। तर पनि जनता लाई मात्र म काङ्ग्रेस, म एमाले, म फलानो म चिलानो पार्टीको छु भनेर आफू आफै आफ्नो सन्ततिको भविष्य अन्धकारमा गर्ने गरेका छन् र न्यायको खोजी गर्ने गरेका छन्। सोही कुराहरू बारेमा मुल्यांकन गर्नुको कुरा पर जाओस बोल्ने, सुन्ने र हेर्ने ज्ञानेन्दृय नभएका दिन दु:खिको पिडा कसले बुझ्ने बारेमा कसैको ध्यानाकर्षण कसरी गर्ने जहाँ मानवता नै छैन।

Karaiya Mai Notice Winter

तर केहि पुन्यात्माहरुको भरमा बाचेका छन् ती पुन्यात्माहरु जसको कुनै सहारा रहेका छैनन्। अपाङ्गताहरुको पिडामा मल्हम लगाउन नयाँ कदम नेपालले आफ्नो नयाँ कदम चालेका छन्। आज जीतपुर सीमरा उपमहानगर पालिका वाड नं. १ मनोकामना टोलमा अवस्थित “नेपाल अपाङ्ग सेवा संघ” बारामा विभिन्न बालबालिकाहरु लाई मनोवल बढाउने उद्देश्यले म्युजिकल चेयर प्रतियोगिता गराइएको हो। नयाँ कदम नेपालका अध्यक्ष रंजीत पाण्डेको सभापतित्वमा गराइएको हो ।

श्रीमती मनिषा दुवे, श्रीमती अनुराधा अधिकारी मकसूद मिया, बृजेश्वर कुमार साह, श्रीमती कृष्णा कुमारी अधिकारी, जाउलहक अंसारी, प्रमिन्द्र राम, मोहनदास तत्मा लगायतको उपस्थिति रहेकोे थियोे। बहिरा तथा गुन्गा बालबालिकाहरु बिचमा खेल कार्यक्रम सम्पन्न गरिएको थियो र उक्त खेलमा प्रोत्साहन पुरस्कार प्रथम, दृतिय र तृतीय गर्ने सागीर अंसारी, राजकुमार सहनी र रविशंकर कुश्वाहा लगाएत अन्य सहभागिहरु लाई प्रोत्सह स्वरूप पुरस्कार वितरण गरिएको थियो। साथ साथै खाजा पनि वितरण गरिएको थियो।

अपाङ्गता भएका बालबालिकाहरु लाई शैक्षिक क्षेत्रमा अझ उत्साह बढाउने अवधारणाका साथ उक्त कार्यक्रम गरिएको अध्यक्ष पाण्डेले बताएका थिए। उक्त संस्थामा ४० जना क्षात्र क्षात्राहरु अध्ययनरत रहेका छन्। उक्त संस्थाका अध्यक्ष गंगारामको प्रमुख आतिथ्यतामा र दृष्टि विहीन महेश साहको विशेष पहलमा कार्यक्रमको आयोजना गरिएको थियोे। र दृष्टि विहीन महेश साहले नै कार्यक्रम संचालन गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश