CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मुर्ली १२ का ३ सय १५ जना स्थानीय आज तीर्थ यात्रामा देवघाट प्रस्थान

फेटा GP PSA
422
सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का ३ सय १५ जना स्थानीय आज तीर्थ यात्राको लागी देवघाट प्रस्थान गरेका छन् । वीरगञ्जको पशुपतिनाथ मन्दिर र मुर्ली स्थित हरिहरनाथ मन्दिरको पहिचान र महिमा बढाउन देवघाटबाट जल ल्याएर अपर्ण गर्ने उदेश्यले स्थानियहरु त्यस्तर्फ प्रस्थान गरेका हुन् । वडा अध्यक्ष सुरेश प्रसाद गुप्ताले आफ्नो निजी खर्चमा स्थानीयहरु लाई देवघाट दर्शनका लागी जाने व्यवस्था मिलाउनु भएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

देवघाट जाने ईच्छा हुँदाहुँदै पनि आर्थिक अभावले कतिपय जान नपाएका स्थानीयलाई आफुले धार्मिक स्थल देवघाट जाने आवश्यक सबै व्यवस्था मिलाएर पठाएको गुप्ताले बताउनुभयो । तिर्थ यात्राका लागी ८ वटा बसको व्यवस्था मिलाइएको वडा अध्यक्ष सुरेश गुप्ताले बताउनुभयो । उहाँहरु देवघाट पुगेर त्यहाँबाट जल लिएर आजै वीरगन्ज फर्किनुहुने तालिका रहेको गुप्ताले बताउनुभयो ।

देवघाटबाट जलबोझी काँवरिया लिएर आउने तिर्थालुहरुलाई आज वीरगन्जमै बासको व्यवस्था मिलाइएको र भोली साउने सोमबारका दिन पहिला वीरगन्जको चिनिमिल आवासक्षेत्र स्थित पशुपतिनाथ मन्दिरमा जल अर्पण गर्ने र त्यसपछि वीरगन्जको मूर्ली स्थित हरिहरनाथ मन्दिरमा जल अर्पण गर्ने कार्यक्रम रहेको समाजिक युवा एकता क्लब मूर्लीका अध्यक्ष मण्डलले बताउनुभयो । अहिले साउन महिनाको पावन अवसरमा हरेक सोमबार वीरगञ्जको पशुपतिनाथ मन्दिरमा दर्शनका लागी शिवभक्तहरुको ठुलो भिड लाग्ने गरेको छ । तिर्थ यात्रामा रहेका तिर्थालुहरुले वडा अध्यक्ष गुप्ताको यस कदमको प्रसंशा गर्दै खुशी व्यक्त गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश