CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भारतीय महावाणिज्य दूतावास द्वारा इंडो-नेपाल टूरिज्म मीट” कोआयोजना

फेटा GP PSA
402
सिम्रौन्गढ़ नपा psa

जु
बीरगंज

Karaiya Mai Notice Winter

बीरगंज स्थित भारतीय महावाणिज्य दूतावास द्वारा सेप्टेम्बर २०, २०२३ काे दिन चितवन मिडटाउन रिसोर्ट, भरतपुरमा “Indo-Nepal Tourism Meet” आयोजना गरियाे। द्विपक्षीय पर्यटन प्रवद्र्धन र दुबैतर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहरू समाधान गर्ने र यस सम्बन्धमा सरकारी र निजी निकायहरू बीचको सम्पर्क कायम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियाे ।
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मा. मन्त्री श्री पुकार महर्जन ज्यु कार्यक्रमकाे प्रमुख अतिथि रहनुभएकाे थियाे । छलफलमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत; सल्लाहकार-राष्ट्रिय पर्यटन सल्लाहकार परिषद, पर्यटन मन्त्रालय, भारत सरकार; भारतीय वन सेवा – क्षेत्र निर्देशक, वाल्मीकि बाघ परियोजना; चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधिहरु; पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधिहरु; नेपाल र भारतका होटल तथा टुर अपरेटरका प्रतिनिधिहरुले आ–आफ्ना धारणा राख्नु भएका थिए ।
महावाणिज्यदूत श्री नितेश कुमारज्युले दुवै देशका लागि पर्यटनको महत्त्वमा जोड दिनुभयाे। भारत, नेपालको सबैभन्दा ठूलो पर्यटन स्रोत रहेकाे देश हो। नेपालको अर्थतन्त्रको पर्यटनमा निर्भरतालाई अतिश्याेक्ति भन्न सकिँदैन । दुई देशबीचको भिसामुक्त व्यवस्थाले नेपाल र भारतबीचको सीमापार पर्यटनमा टेवा पुर्याउद छ । दुवै देशका पर्यटकीय गन्तव्यलाई लोकप्रिय बनाउन र पर्यटक लगायत विभिन्न सरोकारवालाले भोग्नुपरेका कठिनाइहरूको समाधान गर्न सबै सरोकारवालाहरूलाई जोड दिने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गरिन्छ।
चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र वाल्मीकि टाइगर रिजर्भको सम्बन्धबारे वक्ताहरूले प्रकाश पार्नु भएका थिए। भारत र नेपालका पर्यटकीय गन्तव्य रामायण, बुद्ध र जैन सर्किटले जोडेको तथ्य उल्लेख गरिएकाे थियाे । बागमती प्रदेश र बिहारका पूर्व र पश्चिम चम्पारण जिल्लालाई जोड दिँदै दुवै देशका पर्यटकीय गन्तव्यको प्रर्वधनमा जोड दिइएको थियो । पर्यटकको सहजताका लागि सीमामा हेल्प डेस्क स्थापना गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । नेपालमा भारतीय सवारीसाधनबाट असुली हुने सडक कर र अन्य कर असुलीलाई सुधार र सुव्यवस्थित गर्ने विषयमा मन्त्रीज्युले सहमति जनाउनु भएका थिए । उनले सहभागीहरु द्वारा उठाईएका बिन्दुहरुलाई उचित रुपमा लिइएको र समस्या समाधानका लागि उपयुक्त कदम चालिने समेत आश्वासन दिनुभयाे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश