CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जन्ताको संस्कृति र संस्कार जगेर्ना गर्न शुभकामना आदानप्रदान : जनमत

फेटा GP PSA
804
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नमत पार्टीका केन्द्रिय सदस्य एवम बारा जिल्ला ईन्चार्ज शिवनाथ पटेलको अध्यक्षता एवम जनमत पार्टीका केन्द्रिय सचिव एवम मधेस प्रदेश सरकारका पुर्व राज्य मन्त्री सन्जय यादवको प्रमुख आतिथ्यमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरुले आ-आफ्नो शुभकामना मन्तव्य राखेका थिए। सबै वक्ताहरुले आउँदो चाडपर्वहरुको मौलिक्तामा ह्रास आईरहेको बारेमा चर्चा गरेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हिन्दु धर्मावलम्बीहरुको महान रास्ट्रीय पर्वहरुको अवसरमा जनमत पार्टी बारा द्वारा जिल्ला सदरमुकाम कलैयाको एभरेस्ट लजको सभाहलमा आयोजित सुभकामना आदानप्रदान कार्यक्रममा सयौ नेता कार्यकर्ता सहित विभिन्न पार्टीका पदाधिकारी तथा प्रतिनिधिले सुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा बारा उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साहले सुभकामना दिदै बारा वासीका लागि भारत बाट कुनै समान ल्याउन खोज्दा साह्रै दु:ख पाउने गरेकोले सर्व सुलभ सेवा सहितको एउटा नाका खोल्नुपर्नेमा जोडिएका थिए। अर्थात कुनै पनि समान बीरगंज भन्सार बाट ल्याउनु नपरोस् भन्ने धारणा साहले राखेका थिए।

बिबेकशिल साझा पार्टी बाराका अध्यक्ष डा. सुशील साहले देशको कुरा आउदा सारा पार्टी एक ठाउँमा उभिनुपर्ने आवस्यकता रहेको धारणा राखेका थिए । महान पर्वका बेला जसरी सबै एक भएर सुभकामना आदानप्रदान गर्दै आएका छौ, देशको बिकास र रास्ट्रीयताको बिषयमा एक हुनुपर्ने बताएका थिए।

Karaiya Mai Notice Winter
माओवादी केंद्र कलैया नगर सभापति युवा नेता मुकेश साहले जनमत का नेता शिवनाथ पटेलको नेतृत्वमा अगाडी बढिरहेको जनमतले बारामा उल्लेखनीय काम गर्दै आएको बताए । बारामा यो बर्ष सबै भन्दा पहिले जनमतले सुभकामना आदानप्रदान कार्यक्रम गरेर अन्य सबै दललाई पछाडी पारेको छ । सबै पर्वलाई आधुनिकता तर्फ मोडेर लगिएकोले परमपरा पनि लोप हुँदै गएको बताए । ब्याजमा पैसा लिएर देखासिखी रुपमा तडकभडक रुपमा पर्वहरु गर्न नहुनेमा जोड दिए ।
सोही क्रममा जनमत बाट बाराको निर्वाचन क्षेत्र २को सांसद पदका प्रत्यासी CA राजेश साहले आफ्नो शुभकामना मन्तव्य राख्दै विज्या दशमी, दसहरा, दशैं मनाउनुको भनाई भनेको जसरी देवी देवताले राक्षस लाई मारेर दशमी दिन लाई उत्सव मनाउने चलन रहेको छ ठिक त्यस्तै मानव प्राणी भित्रमा पनि एउटा राक्षस रहेको हुन्छ त्यस लाई मारेर विजय प्राप्त गर्नु भयो भने हरेक कुरा राम्रो लाग्न थाल्छ, हरेकलाई तपाईको कुरा राम्रो लाग्न थाल्छ भन्ने धारणा राखेका थिए।

लोसपा रास्ट्रीय सहमहामन्त्री श्याम गुप्ताले सम्पुर्ण जनताको सफलताको सुभकामना ब्यक्त गरे । गुप्ताले जनमत आफ्नो साङ्गठनिक बिस्तार गर्नमा द्रुत गतिमा अगाडी बढेको आफुले महसुस गरेको बताएका छन । देशमा शान्तिका लागि प्रार्थना गरे गुप्ताले। समाजमा पछिल्लो समयमा धार्मिक मतभेद गराउनेहरु सल्बलाई रहेको भन्दै जातिय द्वन्द गराउन खोज्ने लाई सरकारले समयमै कडा कार्वाही गरोस भन्दै सबै नकारात्मक तत्वको अन्त्य होस भनेर गुप्ताले सुभकामना ब्यक्त गरेका थिए। देशमा संघीयता समाप्त पार्ने षडयन्त्र भैरहेको बन्दै गुप्ताले सहिदका सपना पूरा गर्न सबैले लाग्नुपर्ने बताए ।

जसपा केन्द्रिय सदस्य एवम पुर्व प्रदेश सभा सदस्य पारस साहले असत्य माथी सत्यको विजय भए तापनि अहिलेको समयमा बढ्दै गएको पापको अन्त्य होस भनेर सुभकामना व्यक्त गरे। साहले समयको सहि माग र जनताको चीत्कार अनुरुप परम्परागत पार्टी परिवर्तन गर्न नसक्दा नेपालको बिकास हुन नसकेको बताए। संस्कार व्यवहार र बिचार नभएको नेताले आफ्नो समाज र जनताका लागि केही गर्न नसक्ने बताए ।
भएको कार्यक्रममा बारा उधोग बाणिज्य संघका उपाध्यक्ष प्रदिप साह गोल्डेन, जनमत पार्टीका कार्यकारी सदस्य रोषन खातुन, जनमत पार्टीका केन्द्रीय सदस्य तथा राजनितीक सदस्य प्रभु पटेल, कामेस्वर यादव, जनमत पार्टी मधेस प्रदेश सदस्य सन्तोष पटेल, राहत शिक्षक संघका केन्द्रिय उपाध्यक्ष बिनोद पास्वान लगायत जनमत पार्टीका नेतकार्यकर्ता उपस्थित रहेका थिए। जनमत युवा संघ बाराका अध्यक्ष बिकास सिंहले कार्यक्रम सञ्चालन संचालन गरेका थिए भने सूचना प्रचार प्रसार प्रमुख राजकुमार कुश्वाहाले स्वागत गरेका थिए ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश