CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शुभकामना आदानप्रदानमा भए हिजोको प्रतिद्वन्दी आज पार्टी प्रतिनिधि

फेटा GP PSA
5,197
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

शुभकामना आदानप्रदान कार्यक्रममा हिजोको प्रतिद्वन्दी पार्टी प्रवेश गरि पार्टी प्रतिनिधि बनेका छन्। जिल्ला बारा महागढीमाई नगरपालिका वडा नम्बर ७ मझरीया महादेव स्थान स्थित जनता समाजवादी पार्टी नेपाल क्षेत्र नं.२ बाराले आयोजना गरेको हिन्दुहरुको महान चाडपर्व तिहार तथा छठ पर्वको पावन अवसरमा सम्पुर्ण श्रद्धालुहरुमा सुःख, शान्ति, समृद्धि, एंव उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना आदानप्रदान होस् भन्ने कामनाका साथ कार्यक्रमको आयोजना गरिएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य क्षेत्र नं.२ बाराका सभासद, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उप-प्रधानमन्त्री माननिय उपेन्द्र यादवको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम भएको र सो कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री जनता समाजवादी पार्टी नेपालका माननिय सरोज कुमार यादव, मधेश प्रदेशका उर्जा, सिचाई तथा खानेपानी मन्त्री जनता समाजवादी पार्टी नेपालका माननिय सिंगासन साह कलवार, प्रदेश सभा सदस्य प्रत्यासी क्षेत्र नं.२ (क) बाराका विधायक जनता समाजवादी पार्टी नेपालका माननिय शारदा शंकर साह कलवार, करैयामाई गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादव, लगायत पार्टीका बारा जिल्ला अध्यक्ष र अन्य नेता गणहरु, स्थानिय जनप्रतिनिधिहरु तथा स्थानियहरुको उल्लेख्य जनको सहभागितामा कार्यक्रम गरिएको थियो।

साथै उक्त स्थानमा आवश्यक शान्ति सुरक्षाको लागि सुरक्षा बेश तेलकुवाँ बाराबाट स.प्र.ना.नि. कृष्ण अधिकारीको कमाण्डमा ७ जनाको टोली र ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट प्र.ना.उ.प्रदिप बहादुर क्षेत्रीको कमाण्डमा ५५ जनाको टोली खटी गएको र उक्त स्थान सुरक्षा बेश तेलकुवाँबाट अन्दाजी १ कि.मि.दक्षिण तर्फ कार्यक्रम गरिएको थियो।

Karaiya Mai Notice Winter

कार्यक्रममा रामकिशोर यादव, पुर्व राज्य मन्त्री उषा यादव, रामबाबु यादव, सुशील यादव, लगायत मन्तव्य राख्ने सबै नेताहरुले संघीयता खतरामा रहेको कुरा लाई जोडि दिदै त्यस्ता कुतत्व लाई हामिले सामना गरि परास्त गर्न लाई प्रशिक्षण दिएका थिए।

मुख्य मन्त्री यादवले विभिन्न ईन्स्टिच्युट र पुर्व उप-प्रधानमन्त्री यादवले पनि सबै बक्ताहरुको कुरा लाई जोड दिदै यो आर्थिक वर्षमा ढिलो संसदीय समिति बन्ने भएकोले केही गर्न असजिलो भएको र आउदो वर्षमा हामी यश क्षेत्रका लागि विशेष योजना ल्याउने प्रतिबद्धता जनाएका थिए।

शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय १ सचिब बारागढीको प्रमोद साह, भोला पंडित माओवादी वडा १ प्रत्यासी, जैसीलाल यादव स्वतन्त्र प्रतिनिधि सभाका प्रत्यासी निर्वाचन क्षेत्र २का जैसी यादव, लगायत सयौंको संख्यामा पार्टी प्रवेश गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश