CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कॉटवासी माईको पञ्चवर्षिय मेला यसै वर्ष हुने र आउदो वर्ष गढीमाईको

फेटा GP PSA
5,436
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

कॉटवासी माईको पञ्चवर्षिय मेला यसै वर्ष हुने भएको छ र आउदो वर्ष गढीमाईको मेला लाग्ने छ। सदियौं देखि यो परम्परा चल्दै आएको स्थानीयहरुले बताउने गर्छन्। हरेक पाँछ वर्षमा पहिला काँटबासी माईको मेला लाग्ने र अर्को वर्ष गढीमाईको मेला लाग्ने गर्छ, जुन विश्व प्रसिद्ध मेला रहेको छ। गढीमाई जस्तै काँटबासी माईको पनि महिमा रहेको स्थानीयले बताउँछन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

काँटबासी माईको विशेष्ता

Karaiya Mai Notice Winter

काँटबासी माईको स्थान नजिक काडा भएको बाँस रहेको छ, जसको हेरचाह कसैले गर्दैनन् त्यो आफै हुने गर्छ, त्यो बाँसको उपयोग कसैले गर्न जादैनन। यदि उपभोग गर्न खोज्दा अनिष्ट हुने गर्छ। तर निष्ठा भावले पुजा गरे हरेक मनोकामना पुराहुने गर्छ। सोही कारण काँटबासी माई मेला भन्ने गरिन्छ।

काँटबासी माईको स्थान भारतको बिहार राज्यको चौडादानो भन्दा ८ किलोमीटर दक्षिण नेपालमा, गढीमाईको मंदिर बाट ३ किलोमीटर उत्तर, बारा जिल्लाको सदरमुकाम बाट सात किलोमीटर पुर्व उत्तरमा तेलगाई इस्थित अवस्थित रहेको छ्।

मेलाको शुभ साइत मांसीर २७ गते देखि हुने कलश यात्रासंगै मेला औपचारिकरुपमा शुरु हुने भएको छ। पुस ३ गते बलि चढ़ाईने मेला मुल समितिका अध्यक्ष एवम् महागढिमाई नगरपालिका ७ का बडाअध्यक्ष शिवेन्द्र प्रताप सिंहले जानकारी गराएका छन। मेलाको सम्पुर्ण तयारीमा लागेको अध्यक्ष सिंहले बताए‌का छन्। मेला सुव्यवस्थित र शान्तिपूर्ण तवरले सफल गराउन कुनै कसर बाँकि नराख्ने र सरोकारवाला सबैको आ-आफ्नो स्थानबाट साथ सहयोग उतिकै महत्वपुर्ण रहेकोले उनले छोटो समयमा पनि संचार माध्यम बाट सहयोग गर्न लाई मेला समितिले आग्रह गरेका छन्।

कॉटवासी माईको पञ्चवर्षिय मेला सफल बनाउन पालिकाको अग्रसरतामा विभिन्न कुराहरुको मेला समिती गठनगरी तयारीमा जुटेर मेला व्यवस्थित गर्न पञ्चवर्षिय पुजा एवं मेला मुल समितिमा शिवेन्द्र प्रताप सिंह अध्यक्ष, उपाध्यक्ष द्वय जगरनाथ पंडित र राजदेव प्रसाद यादव रहेका छन् भन्ने कोषाध्यक्षमा राजपति देवि, सचिवमा संजय प्रसाद यादव, सह सचिवमा किसुनदेव प्रसाद यादव पदाधिकारी गरि ६५ सदसिय समिति बनाइएको स्थानिय मेलाको तयारीका लागि टेण्ट गाड्ने , मन्दिरको सरसफाईमा लागेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश