CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विभिन्न कार्यक्रमको आयोजना गरि लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान जन जागरण युवा क्लवले मनायो

फेटा GP PSA
4,814
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा २५ मंसिर।

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तर्गत जन जागरण युवा क्लब (JJYC) बाराले बारा र रौतहटमा बिभिन्न कार्यक्रमहरु गरि मनएको छ । युरोपियन युनियन र युके एडको आर्थिक सहयोग तथा भि.एस.ओ नेपालको साझेदारीमा संचालित सहायत्रा र एक्टिभ परियोजना अन्र्तगत आपाङ्गता भएका व्यक्तिहरुको ३२ औ अन्तराष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाल आपाङ्ग सेवा संघको सहाकर्यमा जितपुर सिमारा उपमाहानगरपालिकामा रक्तदान कार्यक्रम गरेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल तथा उप मेयर भोला पौडेलको प्रमुख आतिथ्यतामा रक्तदान तथा २८ जना अपाङ्गता भएका बालबालिकाहरुलाई सहायक समाग्री हस्तारण गरेको थियो । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा अपाङ्ग सेवा संघको सहकार्यमा हाजिरी जवाफ प्रतियोगिता , वक्तित्वकला र विभिन्न खेलकुद प्रतियोगितामा विद्यार्थीहरूलाई सहभागिता गराई अभियान मनाईको कार्यक्रम संयोजक मनोज यादवले जनकारी गराएको छ ।

बाराको कलैयामा दुर्गा नमुना माध्यमिक विद्यालय बरेवामा विद्यार्थीहरूलाई हाजरी जवाफ प्रतियोगिता , वक्तित्वकला , दौड खेलकुदको प्रतियोगिता गरि १६ दिने अभियान मनाएको यादवले जनकारी गराएको छ । अधारभुत बिद्यालय बालमंदिर गौर रैतहटमा बिभिन्न प्रतियोगिता गराई मनाएको छ । त्यसै गरि अन्तरट्रिय स्वयमसेवक दिवसको उपलक्ष्यमा बारा र रौतहटमा स्वयम सेवकहरु बिच समाजिक बिषयहरुमा नाटक प्रतिस्पर्धा तथा वक्तित्व कला प्रतियोगिता आयोजना गरेको थियो ।

यस अभियानको अन्तिम दिन गढीमाई नगरपालिका संग सहकार्य गरि बिभिन्न सेवा प्रदायक संग मिलि प्रदान गरिने सेवाहरु तथा जन चेतना सम्वन्धि र्याली आयोजना गरिएको JJYC का कार्यक्रम प्रवन्धक मनोज यादवले बताउनु भएको छ । विभिन्न ठाउमा भएको कार्यक्रममा जन जगरण युवा क्लवका अध्यक्ष भैयाराम यादव , उपाध्यक्ष राजदेव साह , कोषाध्यक्ष सियाराम यादव र परियोजनाका कर्मचारीहरूको सहकार्यमा सम्पन्न भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश