CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कपिलवस्तुमा लगभग एक सय क्युन्टिल अवैध चामल बरामद

फेटा GP PSA
4,759
सिम्रौन्गढ़ नपा psa

कृष्णनगर।

जिल्लाकाे ईप्रका कृष्णनगरले ९९ सय क्युन्टिल ५० किलो अवैध चामल बरामद गरेको छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर ४ महादेवाबाट वेबारिसे अवस्थामा राखेको ४९ क्युन्टिल ५० किलो र महादेवाबाटै ५० क्युन्टिल अवैध चामल प्रहरीले बरामद गरेको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार तस्करले भारतबाट नेपालतर्फ चोरी निकासी गरी ल्याउँदै गरेको अवस्थामा उक्त अवैध चामल नियन्त्रणमा लिएको हो । कृष्णनगर नगरपालिका–४, महादेव बस्ने ट्रयाक्टर चालक सुकई केवटले लु ३ त ९५०४ नम्बरको ट्रयाक्टरबाट १०० बोरा अवैध चामल ल्याउँदै गर्दा ट्रयाक्टर सहित नियन्त्रणमा लिएकोे प्रहरी निरीक्षक ओलीले बताए ।

बरामद गरिएको चामलको मूल्य ३ लाख ४८ हजार २ सय ५० रुपियाँ बराबर रहेको प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले सो अवैध चामल सहित ट्रयाक्टर नियन्त्रण लिएको हो । बरामद गरिएको अवैध चामल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कृष्णनगर कपिलवस्तुमा पठाइएको प्रहरीले जनाएको छ ।

नेपालले चामल आयातमा प्रतिबन्ध लगाएपछि पहिल्लो समय चामलको तस्करी मौलाएको छ । तस्करले अवैध रुपमा दिनहुँ चोरी निकासी गरिरहेको स्रोतले जनाएको छ । चामलको तस्करी मौलाउँदै जाँदा प्रहरीले गस्ती टोलीलाई निगरानी बढाउन सक्रियता देखाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश