CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

मधेशी जन अधिकार फोरम नेपालको अनेकन रुप : डा कमरुल्लाह

फेटा GP PSA
2,272
सिम्रौन्गढ़ नपा psa

बारा ।।  संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच यही वैशाख २३ गते एकता हुने भएको छ । बिहानै हराएकोले साझ घर पुगी हाल्दा हराएको मान्नु पर्दैन भन्ने कुरालाई एक अर्काले आत्मसात गर्दै पार्टि एकताको निर्णय गरेका छन्। शनिवार फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गरेर एकता गर्ने मिति तोकेको हो । एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने विज्ञप्तीमा उल्लेख छ।

काठमाण्डौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष समारोहबीच समाजवादी पार्टी नेपालको घोषणा हुनेछ । एकतापछि पार्टीले संघीय लोकतांत्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, बर्गीय लैङ्गिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन् त्य गरी संघीय लोकतांत्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भुमिका निर्वाह गर्ने विज्ञप्तीमा उलेख गरेका छन्।

Karaiya Mai Notice Winter

राजपा नेपाल का केन्द्रिय सदस्य डा कमरुल्लाह अन्सारीले ठाडो आरोप लगाउदै भने संघिय समाज बादी फोरम नेपाल मधेशीको भोटका लागि मात्र अनेकन रुप धारण गरेका थिए अब आफ्नो अश्ली रुपमा फर्की रहेका छन। मधेशी जनता लाइ पहिचान गर्न कठिनाइ भएको थियो तर अब प्रष्ट हुदा जनता पनि चनाखो हुने समय भएको आफ्नो धारणा राखे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

मधेशी जन अधिकार फोरम नेपाल पार्टि बाट मधेशी जनताको मंजित्ने काम गरिसके पछि संघिय समाज बादी पार्टी बाट समायोजन गरि संघिय समाज बादी फोरम नेपाल बनाएका थिए । अब फेरी आफ्नो पुरानै ठाउमा फर्केर आ-आफ्नो स्वार्थ सिद्ध गर्न लाइ समायोजन गरि पार्टी को नाम पनि परिवर्तन गरि अगाडी बढि रहेको बिभिन्न पार्टीका नेता कार्यकर्ता तथा आम जनताको बुझाइ रहेको छ।

यदि त्यसो नभएको भए मधेशी जन अधिकार फोरम नेपाल बाट ”मधेशी” शब्द किन हटाइयो ? ”मधेशी” शब्द हटाएर २२ जिल्लाको मधेश लाइ ८ जिल्लामा सिमित गरि समाप्त गर्यो, अब ”संघीय ” शब्द लाई पनि हटाएर संघियता पनि समाप्त गर्ने खेलमा लागेको बुद्धिजीवी हरुले संका गर्न थालेका छन् । संघिय समाज बादी पार्टीका संयोजक अशोक राइ संग सम्झौता गरि आफु पार्टी अध्यक्षमा बसी अशोक राइ लाइ  पार्टीका संयोजक बानाएर समायोजन गरेका थिए।

Baiju sah