CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

किन अनुसन्धानमै चुक्छ मिर्चैया प्रहरी ? प्रमुख (डीएसपी) बस्नेतको अनुसन्धान माथि जनताले गम्भीर प्रश्न उठाए

किन अनुसन्धानमै कोन चुक्छ मिर्चैया प्रहरी ? जनता त्रासमा

फेटा GP PSA
233
सिम्रौन्गढ़ नपा psa

सिरहा। इलाका प्रहरी कार्यालय मिर्चैयाको गतिलो अनुसन्धान नभएको कारण चार महिनामा दुई जनाको होटलमा  मृत्यु भएको छ । झन्डै चार महिनामा सिरहा जिल्लाको मिर्चैयामा दुई जनाको होटलमा मृत्यु भएको छ । सिरहा जिल्लाको मिर्चैयामा हत्या प्रकृतिका शव फेला पर्ने क्रम जारी छ होटलमा। तर ती शवको न अपराधी पत्ता लाग्छ । यो घटनाले इलाका प्रहरी कार्यालय मिर्चैयाको गतिलो अनुसन्धान नभएको भनेर सिरहा प्रहरी माथि प्रश्न त उठेको छ नै, इलाका प्रहरी कार्यालय मिर्चैयाको मतहातमा रहेको ठाँउहरु असुरक्षित रहेको हुने गरेको छ ।
झन्डै ४ महिनाको अन्तरालमा भएका यी दुई  घटनाले इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख (डीएसपी) जितेन्द्र बस्नेतको अनुसन्धान फितलो रहेको भनी जनताले गम्भीर प्रश्न उठाएको छ । साथै इलाका प्रहरी कार्यालय मिर्चैयाको मतहातमा रहेको ठाँउहरुमा जनताहरुले विभिन्न किसिमको प्रमुख (डीएसपी) बस्नेतको अनुसन्धान फितलो माथि कुराकानीको चासोको विषय बनेको हो ।
घटनाः–१
मिति २०८० श्रावण २४ गतेका दिन मिर्चैया नगरपालिका ६ कटारी चौकमा रहेको शम्भुहोटलमा एक जना ब्यापारी मृत भेटिएको थियो । विराटनगर उप–महानगरपालिका १० का २५ वर्षिय सिद्धान्त भट्टराई होटल पछाडी छेउको मृत भेटिएको थियो तर अहिले सम्म अपराधी पत्ता लागेको छैन ।
घटनाः–२
मिति २०८० पुष १० गतेका फेरीे मिर्चैयास्थित एक होटलमा बास बस्न गएको केही बेरमै एक जनाको मृत्यु भएको छ। मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा आज बुधबार करिव १२ बजेतिर एक महिलासहित बासबस्न गएका कल्याणपुर नगरपालिका २ का करिव ४० वर्षिय मुकेश प्रसाद कर्णको मृत्यु भएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

घटनाः–३
मिति २०८० असार १० गतेको दिन मिर्चैया नगरपालिका ७ स्थित रहेको मिर्चैया साना सहरी खानेपानी तथा सरसफाई कार्यालयका सुरक्षा गार्ड करिव ४५ वर्षिय किशोरी राय कुर्मि धारीलो हतियारले सरिरको विभिन्नभागका काटीएको अवस्थामा कार्यालय परिसरभित्र हत्या भएको थिए।
घटनाः–४
मिति २०८० आश्विन ८ गतेको घटना नं.४ मिर्चैयामा एक महिलामाथि जवरजस्ती करणीको प्रयास गरेको उजुरी परेको छ। मिर्चैया नगरपालिका १२ भरही–टिकुलियाका करिव ३५ वर्षिय रामदेव दासविरुद्ध ती महिलाले जवरजस्ती करणी उद्योगमा इलाका प्रहरी कार्यालय मिर्चैयामा जाहेरी दिएको हो।
पीडित महिलाले आफूमाथि गत शनिवार राती नहरबाट पानी पटाउन गएकाबेला दासले गलत व्यवहार गरेको बताएको छ। उनले भने, ‘म, थप एकजना महिला र दास नहरको पानी खेतमा लाउन गएको थिएँ। पानी पनि उनैले खोततर्फ डोर्याईदिए। फर्कने बेलामा दासले आफूसँग अभद्र व्यहार गर्यो।’ घटनाको विषयमा उजुरी हाल्न प्रहरीको आउँदा पनि प्रहरीले आलटाल गरेको उनको महिलाको आरोप रहेको छ।
घटनाः–५
इलाका प्रहरी मिर्चैयामा उजुरी दिएपनि अझै पीडक दलित महिला न्याय नपाएको भन्दै आक्रोत
इलाका प्रहरी कार्यालय मिर्चैयामा जवरजस्ती करणी प्रयासबाट पीडित ५९ वर्षिय दलित महिलाले उजुरी दिएपनि न्याय नपाएको भन्दै आक्रोस व्यक्त गरेका छन्। घाँस काट्न गएका बेला यहि मंसिर ४ गते अपरान्ह मिर्चैया नगरपालिका ७ फूलबरीयाका ५० वर्षिय मोतिवुल सेख विरुद्ध जवरजस्ती करणी प्रयासको उजुरी उपर प्रहरीले कुनै सुनवाई नभएको भन्दै महिलाका आफन्त आक्रोशित भएका हुन्।

प्रहरीको भुमिकाले जनतामा त्रास उत्पादन भएको छ । विभिन्न समयमा भएको घटनाको अपराधीहरुलाई अहिलेसम्म पक्राउ नपर्नु प्रहरीको कार्यशैलीमाथी गम्भीर प्रश्न उठेको छ । यता, इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख (डीएसपी) जितेन्द्र बस्नेतलाई यो घटनाहरुको बारेमा बुझानको लागि पटक–पटक फोन गर्दा पनि एक पटक फोन उठाएन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश