CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

श्री द्वार देवी मा.बि अलौ बिरगंजले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम 

फेटा GP PSA
298
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १८ पुस 

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बिरगंज स्थित अलौ वडा नं १७ मा रहेको श्री द्वार देवि माध्यमिक विधालय सञ्चालि कक्षा १२ का विधार्थीहरुले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई भव्यताकासाथ स्वागत कार्यक्रमको आयोजना गरेका छन । विद्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा ३३ जना विद्यार्थीलाई स्वागत गर्नुका साथै आगामी उच्च शिक्षाको सफलताको लागि शुभकामना दिएका थिए ।

 

Karaiya Mai Notice Winter

स्वागत कार्यक्रम को अध्यक्षता गरेका सो बिधालय का प्रधानाध्यापक श्री दया कान्त झा ले उच्च शिक्षाका लागि अग्रसर कक्षा ११ का विद्यार्थीहरु लाइ सफलताको शुभकामना दिदै विद्यार्थीको यो समय जिज्ञासु र जुजारु समय भएकाले असल कृयाकलाप सिकाइमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । त्यस्तै उनले आफू यस बिधालयमा आउदा शिक्षकको अभावमा कक्षा ११ र कक्षा १२ का कक्षाहरु नियमित रुपमा संचालन हुन नसके तर अहिले सबै कक्षाहरु नियमित रुपमा संचालन भइरहेको बताए । अहिके भौतिक संरचना को अभावले विद्यार्थीहरु लाई समस्या परेको उनले बताए । यश प्रती सम्बन्धि निकायले ध्यानदिन उनले अनुरोध समेत गरे ।

 

कार्यक्रममा प्रमुख अतिथी रहेका बिरगंज महानगरपालिकाका सुचना अधिकारी तथा शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्ण ले अहिले बिरगंज महानगरपालिका ले सामुदायिक बिधालयले कुनै पनि बहानामा शुल्क लिन नपाउने बताए । यदि कुनै सामुदायिक बिधायल ले त्यस्तो गरेको पाइएमा बिरगंज महानगरले कार्वाही गर्ने बताए । त्यस्तै यदि कोइ अभिभावक बिधालय लाई सहयोग गर्न इच्छुक हुनु हुन्छ भने सहयोग गरे हुन्छ । अहिले बिरगंजमा सामुदायिक बिधालयमा करिब १ लाख जति बिद्यार्थीहरु अध्यनरत रहेको बताए । अहिले बिधालयमा शिक्षकहरु को कमि रहेको तथा बिरगंज महानगरपालिकाले केही दिन पहिला स्वयंसेवक शिक्षक भर्ना गरे पनि महानगरपालिकाको आर्थिक अवस्था कमजोर रहेको को कारण स्वयंसेवक शिक्षकहरु लाई बिदाइ गर्नु परेको बताए ।

 

 

 

 

त्यस्तै कार्यक्रममा अतिथी रहेका वरिष्ठ नायब निरीक्षक केक बहादुर कार्की साइबार क्राइम,साइबर क्राइम हुन सक्ने अवस्था,तथा ऐन नियम तथा कारबाहिको बारेमा विद्यार्थीहरु लाई जागरुक गराएका थिए । अहिले सबभन्दा बढी साइबर क्राइम को सिकार बिधालय स्तर मा भएका बालबालिकाहरु हुने भएको ले फेसबुक म्यासिन्जरमा अपशब्द प्रयोग गर्ने,फोटो इडिट गरेर राख्ने तथा फोटो र नाम प्रयोग गरेर फेसबुक टिकटक चलाउने लगायतका कुराहरु मा ध्यान दिन आग्रह गरेका थिए ।

 

आज भएको सो स्वागत कार्यक्रममा स्वागत कार्यक्रममा शिक्षकहरु बृज किशोर साह कानु , अशेस्वर साह , बिजय यादव , प्रदिप नेपाल, मुस्ताक राजा , राजिव पाण्डे , कन्चन सिहं , सरिता साह लगयात अभिभावक र बिद्यार्थीहरु को उपस्थिति रहेको थियो भने कार्यक्रम को संचालन शिक्षक राकेश तिवारी ले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश