CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैया उप-महानगरपालिकाको हिउदे नगर सभा सुरू

फेटा GP PSA
4,800
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

कलैया उप-महानगरपालिकाको हिउदे नगर सभा आज कारण राज पार्टी पैलेसमा उदघाटन भएको छ । नगर प्रमुख बिनोद साहको सभापतित्वमा तथा नगर उपप्रमुख रोसन प्रवीण , प्रमुख प्रशासकिय अधिकृत नाथु साहको विशिष्ट आतिथ्यतामा बाह्रौ नगर सभा सुरू गरिएको हो। नगर सभालाई उदघाटन गर्दै तीन दिन सम्म बजेट सम्बन्धमा छलफल गरिने मेयर साहले बताउनु भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नगर सभाको उदघाटन सत्रमा कलैया उपमहानगरपालिकाका उपमेयर रोशन प्रविनले आ. व. २०८०/२०८१ को मंसिर मसान्त सम्मको यथार्थ आय विवरण चालु तर्फ नेपाल सरकार समानिकरण अनुदान रु. १३ करोड ५३ लाख ५० हजार , नेपाल सरकार शशर्त अनुदान रु. २५ करोड १७ लाख २५ हजार , नेपाल सरकार शशर्त अनुदान पुजिगत रु. १७ लाख ५० हजार नेपाल सरकार बिषेश अनुदान रु. २७ लाख , नेपाल सरकार समपुरक अनुदान रु. २ करोड ६२ लाख ५० हजार , प्रदेश सरकार समानिकरण अनुदान रु. एक करोड तीन लाख ४२ हजार पाच सय , संघीय सरकार राजश्व वाडफाड रु. तीन करोड ५५ लाख ११ हजार आठ सय १८ रूपैया २४ पैसा , प्रदेश सरकार राजश्व वाडफाड रु. २० लाख ८२ हजार दुई सय ३९ रूपैया , स्थानीय राजश्व वाडफाडबाट रु.एक करोड सात लाख आठ हजार २३ रूपैया १२ पैसा , आन्तरीक श्रोतबाट रु.चार करोड २४ लाख पाच हजार नौ सय ३५ रूपैया ३७ पैसा र गत बर्षको आल्या रु. नौ करोड २४ लाख ९७ हजार एक सय ११ रूपैया ४४ पैसा गरी कुल जम्मा रु. ६१ करोड २० लाख ९५ हजार सात सय २७ रूपैया १७ पैसा आम्दानी प्राप्त भएको प्रस्तु गर्नु भएको हो ।

आ. व. २०८० / ८१ को मंसिर मसान्त सम्मको यथार्थ ब्यय विवरण चालु खर्च (पालिका) १६ करोड १४ लाख ६७ हजार ३० रूपैया २७ पैसा र पुजीगत खर्च (पालिका) आठ करोड २९ लाख ५६ हजार छव सय पाच रूपैया ३८ पैसा चालु खर्च (संघ) तर्फ १५ करोड ६७ लाख २९ हजार आठ सय ६२ रूपैया ५६ पैसा र पुजीगत खर्च (संघ) ३१ लाख ७७ हजार तीन सय ५५ रूपैया ८७ पैसा खर्च भइ बाकी रु. २० करोड ७७ लाख ६४ हजार आठ सय ७३रूपैया ९ पैसा मौज्दात रहेको उपमेयर प्रविनले जनकारी गराईन । कार्यक्रममा नगरपालीका कार्य समिति सदस्य, वडा अध्यक्ष, वडा सदस्यहरू र कर्मचारीहरूको सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश