CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रेडक्रस सोसाइटी पोखरिया उपशाखाको ३४औं सधारण सभा सम्पन्न

फेटा GP PSA
266
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २१ पुस पोखरिया 

पर्सानेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाको ३४औं वार्षिक सधारण सभा सम्पन्न भएको छ । वार्षिक सधारण सभा पर्साको पोखरिया नगरपालिकामा रहेको उचागल उच्चमाध्यमिक विद्यालयको सभाहलमा भएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

 

सधारणमा २०७९/८० को आय व्यय १७ लाख ५५ हजार ४९३ रुपैयाँको र २०८०/८१ को अनुमानित आय व्यय २३ लाख ६१ हजार ५२ रुपैयाको बजेट प्रस्तुत उपशाखाको कोषाध्यक्ष अनिल गिरिले गरेका थिए । यो आर्थिक वर्षमा पोखरिया रेडक्रस सोसाइटी उपशाखाको लागि जग्गा खरिद गर्नमा विशेष जोड रहेको कोषाध्यक्ष गिरीले जानकारी दिए ।

 

Karaiya Mai Notice Winter

कार्यक्रममा सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका उपाध्यक्ष भागवती प्रसाद चौधरीले पोखरिया उपशाखाको लागि पहिला पनि सहयोग गरिएको र फेरि पनि सहयोग गरिने प्रतिबद्धता जनाए ।

 

सधारण सभामा बोल्दै पूर्व मेयर दिपनारायण रौनियारले पोखरिया उपशाखा सहयोग र रोजगार बनाउन रक्तसंचार केन्द्र स्थापना गराउनमा जोड दिए । पोखरिया अस्पताललाई ५० बेड यही फागुन भित्र हुन गईरहेकोले साथै रक्त संचार केन्द्र हुन जरुरी रहेको पुर्वमेयर रौनियारले बताए ।

 

कार्यक्रममा पूर्व उपमेयर सलमा खातुनले रेडक्रस उपशाखा पोखरियाको लागि सदस्यता बिस्तार गर्नुपर्नेमा जोड दिइन् ।

 

कार्यक्रममा नगर उपप्रमुख रुबी ठाकुरले रेडक्रस पोखरिया उपशाखालाई सक्दो सहयोग गरिने प्रतिबद्धता जनाइन् । कार्यक्रम पोखरिया रेडक्रस उपशाखाका सभापती भगवान प्रसाद कुर्मीको सभापतित्वामा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व एसएसपी सदान्न्द कुर्मी, डाक्टर वकिल मियाँ , ललन दुबेदीलगायतले शुभकामना ब्यक्त गरे

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश