CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

बिरगंज भन्सारका हाकिमको कारण माछा ब्यापारीहरु मर्कामा ।

Pheta Chhath Shubhakamana
138
Bara Gadhi Notice winter

  राहुल गुप्ता २५ पुस बीरगंज 

पर्सा

 


बिरगंज भन्सार भएर माछा व्यवसायीहरुले ताजा वा चिसो पारेको माछा भारतबाट पैठारी गर्ने गरेका छन । हरेक दिन जसो ४० टन माछा बिरगंजको भन्सार नाका बाट माछाको पैठारी हुने गरेको मा अहिले मुस्किल ले २ टन जति माछा मात्र पैटारी हुनेगरेको छ । बिरगंज भन्सार का हाकिम को बदमाशी को कारण अहिले माछा पैठारी हुन सकेको छैन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

पहिला पहिला माछाहरु रहु तथा पंगासको अनुमति प्रदान गर्ने निकाय पशु सेवा विभागबाट अनुमति प्राप्त गरी भारतबाट पैठारी गर्ने क्रममा तोकिएको भन्सारमा ल्याउँदा जाँचपासको क्रममा उक्त ताजा वा चिसो पारिएको माछा भन्सार शिर्षक नं. ०३.०२ बाट जाँचपास हुने गरेको थियो ।तर अहिके भन्सारबाट उक्त शिर्षक आहीकुडा प्रणाली स्थगत गरिएको छ भने उक्त ताजा वा चिसो पारेको माछालाई भन्सार को शिर्षक ०३.०३ हिमिकृत गरिएको माछा बर्गीकरण कार्यमा गरी पैठारी गर्ने अनुमति दिइने गरिएको छ । यहि शिर्षक मा भारत ले हिमिकृत (Frozen) माछाको अनुमति प्रमाण पत्र नदिई ताजा चिसो पारेको माछा (Fresh Chilled Fish) भनी प्रमाण पत्र दिइने गरिएको छ ।

तर नेपालमा माछाका ब्यापर गर्दै आएका आरभ फिस सप्लायर्श ले यसरी स्थगन गरिएको कारण शिर्षक नं. ०३.०३ बाट पैठारी गर्न बाध्य भएको तथा विरगंज भन्सार कार्यालयको च.न. ३४८ र मिति २०८०/०६/१९ गते पत्र साथ Fresh or Chilled Fish हुन या Frozen Fish हुन भनि यकिन गर्ने प्रयोजनको लागि २ थान माछाका नमुनाहरु पठाउदा सन्दर्भग्रन्थहरु अध्ययन गर्दा केहि निष्कर्श नआएको कारण आयात हुने माछालाई पुर्न वीरगंज भन्सार कार्यालयमा नै चेकजाँच गरि माछा Fresh or Chilled Fish हुन या Frozen Fish हुन यकिन गर्न भनिए पनि भन्सार का हाकिम ले जबर्जस्ति चेकजाच नगरी भ्याट लगाइ जाचपास गर्ने गरेको ब्यापारीहरु ले बताएका छन । भन्सार का हाकिम ले सहजीकरण नगरी यसरी जबर्जस्ति भ्याट लगाएर जाचपास गर्न ब्यापारीहरु मर्का मा परेका छन ।

त्यस्तै ब्यापारीहरु ३ महिना देखि यस समस्य लाई समाधान गर्नका लागि भन्सार कार्यलय का हाकिम सङ कुरा गरे पनि उनले विभिन्न किसिम को कुरा गरि थप पैसा लगाउने धम्की दिने गरेका छन ।

अहिले यसरी पैठारी गर्दा मूल्य अभिबृद्धि कर (VAT) लाग्ने गरेको हुँदा उक्त माछामा बजारमा मूल्य बृद्धि हुन गई बिक्रीमा असर पर्नुका साथै उपभोक्तालाई समेत असर परेको गुनासो बढेको छ । अहिले व्यवसायीहरूले भारतबाट पङ्गास भारु ७० र रेहु भारु १२० मा माछा खरीद गरी भित्राए पनि भन्सार नाकामा प्रतिकिलो भारु १७५ को दरमा मूल्याङ्कन हुँदा मर्का परिरहेको बताएका छन । माछाको बजार भाउ समय अनुकूल थपघट भइरहने तर भन्सार विभागको असान्दर्भिक नीतिको कारण सदैव एउटै मूल्य लागू हुँदा व्यवसायीले घाटा मात्र बेहोर्ने स्थिति सृजना भएको छ ।

Baiju sah