CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चक्रपात भुमरीपीडितका लागि १२ स्थानमा आवास निर्माणको शिलान्यास

फेटा GP PSA
2,111
सिम्रौन्गढ़ नपा psa

बारा ।। गत चैत १७ गते आएको बिनासकारी चक्रपात भुमरी बाट प्रभावितहरुका लागि आवास निर्माण कार्य थालनी भएको छ । बारा र पर्साका १२ स्थानमा एकैपटक शिलान्यास गरेर घर निर्माण कार्य सुरु गरिएको हो । संघीय सरकारका १० मन्त्री, प्रदेश सरकारका प्रदेश प्रमुख र मुख्य मन्त्री गरी १२ जनाले बारा र पर्साका १२ स्थानमा एकैपटक शिलान्यास गरेका हुन ।

बाराको फेटा गाउपालिका अन्तर्गत पर्ने वाडा न ६ पुरैनियामा आयोजना गरिएको विशेष कार्यक्रमलाई संबोधन गर्दै संघीय सरकारका उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले बर्षा अगावै सबै पिडितका लागी घर निर्माण सम्पन्न गर्ने बताए ।  हाल ऐलानी पर्ती जग्गामा बसोबास गर्दै आएका उनिहरुलाई घर निर्माणका लागी जग्गा उपलब्ध गराउन स्थानिय सरकारले समनव्यकारी भुमिका खेल्नुपर्ने उनको भनाई थियो । प्रभाबितका लागी घर निर्माणमा जग्गा अभाव हुन नदिन स्थानिय सरकारलाई आग्रह समेत गरे । हुरी प्रभाबित सबै क्षेत्रमा एकैसाथ शिलान्यासको काम गरिएको भन्दै मन्त्री पोखरेलले समयमै काम पुरा हुनेमा बिश्वस्त हुन आग्रह गरे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मन्त्री पोखरेलले भुमरी पिडितको आवास निर्माणका लागी आवश्यक बजेट बिनियोजन गरि सकेको समेत जानकारी दिए । हरेक परिवारका लागी समान स्वरुपको नक्सा पास भएको र त्यसै अनुरुप काम थाल्न नेपाली सेनाले आफ्नो आयोजना बनाएको बताए । आवास निर्माका लागी मुख्यमन्त्रीको संयोजकत्वमा संमन्वय समिति बनाईएको छ । पिडितका लागी जस्ताको छाना भएको २ कोठा, एक शौचालय, एक भान्साघर सँगै बरण्डासहितको पक्कि घर निर्माण गरिने जनाइएको छ ।

Karaiya Mai Notice Winter

प्रदेश २ का मुख्य मन्त्री लालाबाबु राउतले प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए । ‘जुन किसिमको योजना बनाएर सेना अगाडि बढेको छ । विश्वस्त छु, वर्षात अगाडि नै मिशन पुरा हुन्छ’, उनले भने, ‘यसका लागि जस्तो सहयोगको अपेक्षा गर्नुहुन्छ, त्यसका लागि प्रदेश सरकार तयार रहेको बताए।’

घर निर्माणको जिम्मा पाएको नेपाली सेनाले १२ वटा क्लष्टर बनाएर तीन चरणमा काम थालेको छ । सेनाले साउन मध्यसम्म काम सक्ने गरी बारा र पर्सामा १ हजार ४५३ वटा घर निर्माण गर्दैछ । बारामा १ हजार ३ सय ६२ तथा पर्सामा ९१ वटा घर बन्ने सेनाका प्रतिनिधि बला अध्यक्ष रथी गौरव टनडुलले जानकारी दिए ।

१० जना संघीय मन्त्रीको लर्को नेपाली सेनाले बाराको १० तथा पर्सामा २ ठाउँमा घर निर्माण शिलान्यास कार्यक्रम राखेको थियो । नेपाली सेनाको दुई ठूला र एउटा सानो गरी तीन वटा हेलिकप्टरमा मन्त्रीहरु पुरैनिया आए र त्यहाँबाट तोकिएको स्थानमा गएका थिए । बाराको फेटा गाउँपालिका वडा नं ६ पुरैनियामा उपप्रधान तथा रक्षा मन्त्री पोखरेल, परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरमा उप प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, प्रसौनी गाउँपालिका वडा नं ४ खुट्वा जब्दीमा गृहमन्त्री रामबहादुर थापा बादल, फेटा गाउँपालिका वडा नं ४ भरवलीया शहरी विकासमन्त्री इस्तियाक राई, फेटा गाउँपालिका वडा नं ४ भलुहीमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा सहभागी भइन् ।

बाराको महागढीमाई नगरपालिका वडा नं ७ तेलगाईमा भूमिव्यवस्थामन्त्री पदमा अर्याल, सुवर्ण गाउँपालिका वडा नं ४ हर्दियामा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, बाराकै पचारौता नगरपालिका वडा नं ७ बेनौली संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, वीरगञ्ज महानगरपालिका २२ जगरनाथपुरमा उर्जामन्त्री वर्षमान पुन, वीरगञ्ज महानगरको उदयपुरघुर्मीमा खानेपानी मन्त्री विना मगरले घर निर्माणको शुभारम्भ गरेका छन् । प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउतले बाराको देवताल गाउँपालिका-७ रामपूर्वा र कलैया- १३ छोड्की फुलबरियामा घर निर्माणको शिलान्यास गरेका छन् ।

त्यसैगरी घर शिलान्यासकै लागी प्रदेश २ का प्रदेश प्रमुख रत्नलाल कायस्थ, मुख्यमन्त्री लालबाबु राउत गरी १२ जनाले बारा पर्साका बिभिन्न १२ स्थानमा एकैसाथ घर शिलान्यास गरेका छन् । बिनासकारी चक्रपात भुमरी बाट बारा र पर्सा जिल्लामा २९ जनाको ज्यान गएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश