बाँतर समुदायले विभिन्न कार्यक्रमको आयोजनागरी देशैभरी माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाएका छन् । मोरङको कटहरी गाउँपालिका–५ स्थित मोध्रहालगायत देशैभरी छरिएर रहेका बा“तर समुदायहरुले आफ्ना धर्म संस्कृति संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गरी माघेसंक्रान्ति पर्व मनाएका हुन् ।
माघेसंक्रान्तिका दिन बा“तर समुदायहरुले आफ्नो कुल देवतालाई पूजा–आजा गरी सरदार (मुखिया) को घरमा गई गाउ“का पैरजनहरुले तिलको लड्डु, भुजाको लड्डु, चिऊराको लड्डु र सुंगुरको बली दिई गेंड सिंहलाई सामुहिक पूजा–आजागरी माघेसंक्रान्ति पर्व मनाउने परम्परा रहेको छ । संदियौदेखि बाँतर जातिका मानिसहरुले हिन्दु रितअनुसार माघ १ गते माघेसंक्रान्तिका दिन सरदार(मुखिया)को घरमा सामूहिक पूजा गर्ने चलन रहेको बाँतर जातिका अगुवा बविता सरदार बाँतर र फुदी सरदारले बताउनुभयो ।
पूजा सम्पन्न भएपछि सवै पैरजन सदस्यहरुलाई प्रसादीको रुपमा सु“गुरको मासु बा“ड्ने र सरदार (मुखिया) को घरमा मासुको परिकार बनाई सामुहिक भोज खाने प्रचलन रहेको उहाँले जानउनुभयो । बाँतर जातिका मानिसहरुको इष्टदेव गेड सिंह सरदार हुन् । उनी चमत्कारी थिए जहा“ दुःख हुन्छ । त्यहा“ सुख दिन उनी चमत्कारी रुपमा देखा पर्ने गर्थै यस सम्बन्धमा एउटा भनाई प्रचलनमा छ । बा“तर समुदायका मानिसहरुले शिकार गर्ने क्रममा अषाढ मसान्तमा निल गाई मारेका थिए । त्यही निल गाई मारेकाले गौहत्या लाग्ने डरले महराज गेड सिंह सरदारको शरणमा पुगेर आफूहरुलाई गौहत्याको पापबाट मुक्त पार्नका लागि अषाढ १ गते गर्ने पूजालाई माघ १ गते बाँतर जातिले माघेसंत्रान्तिको अवसरमा पूज गर्न थालेको नेपाल बाँतर सरदार समाज कल्याणकारणी सममितिका केन्द्रीय सचिव शुभाष सरदार र मोरङ सभापति गयान्नद सरदार, युवा सभापति अनिल सरदारले बताउनुभयो ।
बा“तरहरुलाई महराजले मृत गाईलाई सेतो कपडाले छोप्न लगाएका थिए । केहि समय पछि छोपेको कपडा उघारदा त निल गाई ठूलो सु“गुरको रुपमा परिणत भयो र त्यसपछि गौहत्या नभइ सु“गुर हत्या भएको पुष्टि भयो र बा“तर जातिलाई पापबाट इष्ट देव गेंड सिंह बाबाले मुक्त गरीदिएको उहाँको भनाई थियो । त्यही दिनदेखि महाराजलाई आफ्नो पुर्खाको रुपमा मानी अषाढ १ गते सु“गुरको बली दिने प्रचलनको सुरुवात भएको हो । उद्यपुरका झल्लु सरदारका छोरा भोगो सरदार र उनका छोरा गेंडसिंको पुस्तादेखि गेड सिंहको पूजा गर्ने चलन रहेको नेपाल बाँतर सरदार समाज कल्याणकारणी सममितिका केन्द्रीय सभापति मोहनलाल सरदारले बताउनुभयो । आफ्नो घरपरीवारमा सुख शान्तिको कामना गरी वर्षभरी राम्रो दिन रहोस भनी माघेंसंत्रान्ति पूजासंगै बाँतर जातीको भेषभुष झल्कने सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरेका थिए । माघेसंक्रान्ति कुन जातिले मनाउने पर्व हो । अहिले सम्म सरकारले सुचिकृत गर्न सकेको छैन् । तसर्थ माघेसंक्रान्ति बाँतर जातिले मनाउने मुख्य पर्व रहेको जातिका इतिहास विद्हरुले दावि गरेका छन् ।